दमक– जंगली हात्तीको आक्रमणबाट झापाको दमक–३ दुम्सेमा गए राति एक वृद्धको मृत्यु भएको छ।
दमक–३ गोलाटारका ६२ वर्षीय गणेश अधिकारीको जंगली हात्तीको आक्रमणबाट ज्यान गएको प्रहरीले जनाएको छ।
मकै लगाएको खेतमा पानी लगाउन कुलोमा गएका बेला अधिकारीलाई हात्तीले आक्रमण गरेको वडाध्यक्ष नवीन बरालले बताए। हात्तीको आक्रमणबाट उनको घटनास्थलमै ज्यान गएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।