काठमाडौं– जाजरकोटको छेडागाड नगरपालिका–१३ दमाचौरमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन्।
भेरी नगरपालिका–१२ कुदुबाट छेडाचौरतर्फ जाँदै गरेको भे३त १४९५ नंको ट्र्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ।
प्रहरीका अनुसार ट्र्याक्टर सडकबाट अन्दाजी ५५ मिटर तल भेरी नदीमा खसेको थियो। सोमबार बेलुकी साढे ६ बजेतिर ट्र्याक्टर दुर्घटनामा परेको शाखाको भनाइ छ।
ट्र्याक्टर धनीका अनुसार चालक र सहचालक सवार रहेका थिए । चालक र सहचालक बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। घटनाका विषयमा प्रहरी टोली सोही ठाउँमा खटिई अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।