• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

प्रकृति, संगीत र रामायणका कथामा कोरिएका मिथिला महिला

64x64
धनु विश्वकर्मा बुधबार, माघ १२, २०७८  ०७:०४
1140x725

काठमाडौं- चिसो घटेको छैन। ललितपुरस्थित विकल्प आर्ट सेन्टरमा नम्रता सिंह चिया पिएर चिसो हटाउने प्रयत्नमा छिन्। महोत्तरीकी नम्रताको अहिलेको दैनिकी भनेको हरेक दिन आर्ट सेन्टर धाउने नै हो।

उनी बेकारण आर्ट सेन्टर धाइरहेकी छैनन्। त्यहाँ उनको ‘मिथिला मोटिफ आर्ट’ नामक चित्रकला प्रदर्शनी चलिरहेको छ। तर, उनको प्रदर्शनीलाई कोरोना भाइरस संक्रमणको तेस्रो लहरले प्रभावित बनाएको छ।

प्रदर्शनीमा उनका १६ वटा चित्र राखिएका छन्। ती सबै विकल्प आर्ट सेन्टरको एउटा कोठाको भित्तामा अँटाएका छन्। हरेक चित्र मिथिलाका महिलासँग जोडिएका छन्। उनको यो तेस्रो एकल चित्रकला प्रदर्शनी हो। यहाँ राखिएका चित्र १० हजारदेखि ८० हजार रुपैयाँसम्मका छन्। 

आफूले बनाएको चित्रका साथ नम्रता

नम्रता कम बोल्छिन्, तर तार्किक बोल्छिन्। उनीभन्दा बढी उनका चित्र बोल्छन्। चित्रले महिला समानताका विषय समाएका छन्।

उनका चित्र महिलाका वेदना र पीडा उजागर गर्नेभन्दा पनि हौसला र उत्प्रेरणा दिने खालका हुन्छन्। चित्रमा आफूले जीवनका सकारात्मक पाटोलाई देखाउने गरेको उनी बताउँछिन्। उनले महिलालाई फूलसँग तुलना गरेकी छिन्। प्रकृतिमा रमाएको देखाएकी छिन्। 

उनले मिथिला महिलाको जीवनशैलीलाई आधुनिक ढंगले प्रस्तुत गरेकी छिन्। उनका चित्रमा महिलालाई परम्परागत काममा देख्न पाइँदैन। उनी त प्रकृति, संगीत, हरियालीमा महिलाको बिम्ब उतार्छिन्। परेवा, हाँस र जनावारसँग खेलेको मन पराउँछिन्। रामायण र महाभारतको कथासँग मेल खाने महिलाका दृश्य पनि उनका चित्रमा छन्।

Ncell 2
Ncell 2
nimb
nimb

नम्रताको कलायात्रा
महोत्तरीमा जन्मिएकी उनी बुवाको जागिर पछ्याउँदै काठमाडौं आइन्। विद्यालयको अध्ययन यतै सुरु भयो। चाडपर्व र अन्य काममा महोत्तरीस्थित घर पुगिरहन्थिन्। त्यति बेला उताका घरमा रङरोगन गरिएको हुन्थ्यो। रङ लगाउने तरिका फरक थियो। त्यहाँ अनेक चित्र कोरिएका हुन्थे। पछि पो बुझिन्– ती मिथिला चित्र रहेछन्।

उनलाई ती चित्रहरूको प्रभाव पर्‍यो। अनि त्यसैगरी चित्र बनाउने प्रयास थालिन्। तर, कहिलेबाट चित्र कोर्न थालिन् भन्ने ठ्याक्कै तिथिमिति सम्झना छैन। 

उनी आदिवासी जनजातिमा पर्ने दनुवार समुदायकी हुन्। दनुवारहरूको जनसंख्या थोरै छ। आफ्नै रितिरिवाज र संस्कार छ। मधेसमा लामो समय बिताएकाले उनको लगाव भने मिथिला आर्टमा नै बस्दै गयो।

उनलाई एसएलसी उत्तीर्ण भएपछि के पढ्ने भन्ने ठूलो द्विविधा थियो। धेरै साथीहरू नर्सिङ विषयतिर तानिएका थिए। कोही विज्ञान र व्यवस्थापनतिर लागेका थिए। कतिपय त विदेशतिर हानिए।

बाबुले उनको चाहना बुझेका थिए। त्यसैले बाबुले नै कला पढाउने कलेज खोजिदिए। उनी सिर्जना कलेज अफ फाइन आर्टमा भर्ना भइन्। स्नातक तहसम्म त्यहीँ अध्ययन गरिन्। ललितकला क्याम्पसबाट स्नातकोत्तर गरिन्।

नम्रताका श्रीमान् दीपक थामी पनि कलाकै विद्यार्थी हुन्। उनीहरुको चिनजान कलेज पढ्दापढ्दै भएको हो। दुवैजना क्लासमेट। दीपक भने कलाकारिताबाहेक अन्य काम पनि गर्छन्। तर, नम्रता सन् २०१३ देखि व्यवसायिक रूपमा नै कलाकारिकतामा लागेकी छिन्। 

 

उनले पहिलो पटक सन् २०१६ मा पार्क ग्यालरीमा पहिलो एकल चित्रकला प्रदर्शनी गरेकी थिइन्। त्यसपछि सन् २०१७ मा नेवाँ चेन ग्यालरीमा दोस्रो एकल प्रदर्शन गरिन्। अहिले भइरहेको उनको तेस्रो चित्रकला प्रदर्शनी दुई हप्ता चल्नेछ। १ माघबाट सुरु प्रदर्शनी १५ माघमा सकिने नम्रताले बताइन्।

यो प्रदर्शनीमा मिथिला चित्र राखिए पनि तिनले परम्परागत शैलीलाई पछ्याएका छैनन्। उनको रङ संयोजन र वस्तु तथा पात्रलाई प्रस्तुत गर्ने तरिका फरक छ। पात्रमा प्रयोग गरिएको रङले पनि अवलोकनकर्तासँग संवाद गरिरहेको हुन्छ।

आफ्ना चित्रमा एक्रेलिक रङ प्रयोग गरेको उनी बताउँछिन्। यी पानी चित्र हुन्। एक्रेलिकलाई तेलमा हालेर पनि प्रयोग गर्न सकिन्छ। तर, त्यसो गर्दा सुक्न समय लाग्ने हुनाले आफूले पानीको प्रयोग गरेको नम्रताको भनाइ छ।

उनी मधेसकी छोरी र पहाडकी बुहारी हुन्। मिथिला महिलालाई चित्रमार्फत काठमाडौंसम्म ल्याएकी छिन्। त्यसका लागि संघर्ष अझ जारी छ।

उनी पुस्तकहरूमा ‘इलुस्ट्रेसन’ पनि बनाउँछिन्। विभिन्न शैक्षिक संस्थाका पाठ्यक्रममा राखिएका कथालाई चित्रमा ढाल्छिन्। जसले गर्दा बालबालिकालाई पढ्न र बुझ्न सजिलो हुन्छ। उनी जतिसक्दो बालबालिकाका लागि आकर्षक हुने गरी चित्र बनाउँछिन्।

उनले कलाक्षेत्रमा धेरै सम्मान पनि पाएकी छिन्। नेपाल ललितकला प्रतिष्ठानबाट उनले गत वर्ष ‘स्पेसल अवार्ड अन मिथिला पेन्टिङ’ प्राप्त गरिन्। नेवाः चेन ग्यालरीले सन् २०१७ मा ‘आर्टिस्ट अफ द इयर–२०१७’ घोषणा गरेको थियो। 

चित्रले जीवनलाई गति दिने उनी बताउँछिन्। चित्र कोर्न थालेपछि उनलाई आनन्द र शान्ति मिल्छ। चित्र पूर्ण भएपछि उत्साह र हौसला मिल्छ। ‘चित्र बनाउन बस्दा म बेग्लै संसारमा हुन्छु। मन र मष्तिस्क एकीकृत भएर चित्रमै लागेका हुन्छन्,’ उनी भन्छिन्।

के हो मिथिला कला? 
मैथिली भाषा नेपालको धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरीलगायत जिल्लामा बोलिन्छ। मिथिला भाषा बोलिने क्षेत्रलाई मिथिलाञ्चल भनिन्छ। यसको केन्द्र जनकपुरलाई मानिन्छ। यहाँको कला मिथिला कला हो। 

यो लोककला यहाँका विशाल जनसमुदायसँग सम्बन्धित छ, जसको व्यवहारिक ज्ञानको आधार पुस्तक नभए पनि समाजमा निरन्तर चलिरहेको छ। मिथिला कला यो क्षेत्रको चर्चित र लोकप्रिय विधा हो। यो जनजीवनसँग प्रत्यक्ष पनि जोडिन्छ। घरमा मात्र नभएर कपडा र सजावटका सामग्रीमा पनि मिथिला चित्र देख्न पाइन्छ।

मैथिली लोक चित्रकलाको परम्पराको इतिहास कम्तीमा पाँच हजार वर्ष पुरानो रहेको संस्कृतिविद्हरूको भनाइ छ। छोरी सीतासँग विवाह गर्न आएका राम र उनको वरियातलाई स्वागत गर्न राजा जनकले जनकपुरका भित्ताहरूमा चित्र बनाउन लगाएका थिए। ती चित्र नै पहिलो मिथिला कला भएको किंवदन्ती छ।

यी चित्र बिहे, पूजा, विभिन्न चाडपर्व र उत्सवमा अहिले पनि बनाउने चलन छ। मिथिला चित्रकलामा पाइने लिङ्ग र योनिका प्रतिकलाई पूजा गर्ने परम्परा छ। मिथिलाञ्चलको सांस्कृतिक धरोहरलाई विश्वस्तरमा लैजान प्रयत्नहरु पनि भइरहेका छन्। 

मिथिला वा विदेह राज्य सनानत हिन्दू धर्म र आध्यात्मिक चिन्तनको दृष्टिकोणले ज्यादै महत्त्वपूर्ण मानिन्छ। त्यसैले यस राज्यको वर्णन विभिन्न प्राचीन साहित्यहरूमा पाइन्छ। वैदिककालको उत्तराद्र्धसम्ममा यजुर्वेद, सामवेद, अथर्ववेद, उपनिषद् जस्ता साहित्य आएका थिए। सबैभन्दा पहिले ऋग्वेद आएको थियो। त्यसैले पौराणिककालदेखि नै मिथिला क्षेत्रलाई कला र साहित्यमा समृद्ध मानिन्छ। 

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  ०७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
रसुवा जोड्ने वैकल्पिक मार्गमा यात्रुलाई सास्ती राजमार्ग क्षतिग्रस्त बनेसँगै स्थानीय बासिन्दाले यातायात पहुँच कायम राख्न वैकल्पिक मार्ग निर्माण तथा सञ्चालनमा ल्याउने प्रयास गरिरहेक... बुधबार, भदौ २४, २०८३
ताजा समाचारसबै
ओली–प्रचण्डलाई गगनको आग्रह– संविधानको नाममा ध्रुवीकरण नगरौं, रास्वपासँग पनि सहकार्य गरौं शनिबार, असोज ३, २०८३
नेपालको कुन संविधान कति पटक संशोधन भए ? शनिबार, असोज ३, २०८३
प्रदेशदेखि राखेजदेखि राजसंस्था स्थापनासम्म : ज्ञानेन्द्र शाहीका संविधान संशोधनका चार प्रस्ताव शनिबार, असोज ३, २०८३
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक शनिबार, असोज ३, २०८३
महाधिवेशनअघि देउवा पक्षलाई समेट्ने गगनको अन्तिम प्रयास, भने– ‘१६ गते बिहानसम्म प्रयास गर्छु’ शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्