• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख १७, २०८३ Thu, Apr 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

प्रकृति, संगीत र रामायणका कथामा कोरिएका मिथिला महिला

64x64
धनु विश्वकर्मा बुधबार, माघ १२, २०७८  ०७:०४
1140x725

काठमाडौं- चिसो घटेको छैन। ललितपुरस्थित विकल्प आर्ट सेन्टरमा नम्रता सिंह चिया पिएर चिसो हटाउने प्रयत्नमा छिन्। महोत्तरीकी नम्रताको अहिलेको दैनिकी भनेको हरेक दिन आर्ट सेन्टर धाउने नै हो।

उनी बेकारण आर्ट सेन्टर धाइरहेकी छैनन्। त्यहाँ उनको ‘मिथिला मोटिफ आर्ट’ नामक चित्रकला प्रदर्शनी चलिरहेको छ। तर, उनको प्रदर्शनीलाई कोरोना भाइरस संक्रमणको तेस्रो लहरले प्रभावित बनाएको छ।

प्रदर्शनीमा उनका १६ वटा चित्र राखिएका छन्। ती सबै विकल्प आर्ट सेन्टरको एउटा कोठाको भित्तामा अँटाएका छन्। हरेक चित्र मिथिलाका महिलासँग जोडिएका छन्। उनको यो तेस्रो एकल चित्रकला प्रदर्शनी हो। यहाँ राखिएका चित्र १० हजारदेखि ८० हजार रुपैयाँसम्मका छन्। 

आफूले बनाएको चित्रका साथ नम्रता

नम्रता कम बोल्छिन्, तर तार्किक बोल्छिन्। उनीभन्दा बढी उनका चित्र बोल्छन्। चित्रले महिला समानताका विषय समाएका छन्।

उनका चित्र महिलाका वेदना र पीडा उजागर गर्नेभन्दा पनि हौसला र उत्प्रेरणा दिने खालका हुन्छन्। चित्रमा आफूले जीवनका सकारात्मक पाटोलाई देखाउने गरेको उनी बताउँछिन्। उनले महिलालाई फूलसँग तुलना गरेकी छिन्। प्रकृतिमा रमाएको देखाएकी छिन्। 

उनले मिथिला महिलाको जीवनशैलीलाई आधुनिक ढंगले प्रस्तुत गरेकी छिन्। उनका चित्रमा महिलालाई परम्परागत काममा देख्न पाइँदैन। उनी त प्रकृति, संगीत, हरियालीमा महिलाको बिम्ब उतार्छिन्। परेवा, हाँस र जनावारसँग खेलेको मन पराउँछिन्। रामायण र महाभारतको कथासँग मेल खाने महिलाका दृश्य पनि उनका चित्रमा छन्।

nimb
nimb
Ncell 2
Ncell 2

नम्रताको कलायात्रा
महोत्तरीमा जन्मिएकी उनी बुवाको जागिर पछ्याउँदै काठमाडौं आइन्। विद्यालयको अध्ययन यतै सुरु भयो। चाडपर्व र अन्य काममा महोत्तरीस्थित घर पुगिरहन्थिन्। त्यति बेला उताका घरमा रङरोगन गरिएको हुन्थ्यो। रङ लगाउने तरिका फरक थियो। त्यहाँ अनेक चित्र कोरिएका हुन्थे। पछि पो बुझिन्– ती मिथिला चित्र रहेछन्।

उनलाई ती चित्रहरूको प्रभाव पर्‍यो। अनि त्यसैगरी चित्र बनाउने प्रयास थालिन्। तर, कहिलेबाट चित्र कोर्न थालिन् भन्ने ठ्याक्कै तिथिमिति सम्झना छैन। 

उनी आदिवासी जनजातिमा पर्ने दनुवार समुदायकी हुन्। दनुवारहरूको जनसंख्या थोरै छ। आफ्नै रितिरिवाज र संस्कार छ। मधेसमा लामो समय बिताएकाले उनको लगाव भने मिथिला आर्टमा नै बस्दै गयो।

उनलाई एसएलसी उत्तीर्ण भएपछि के पढ्ने भन्ने ठूलो द्विविधा थियो। धेरै साथीहरू नर्सिङ विषयतिर तानिएका थिए। कोही विज्ञान र व्यवस्थापनतिर लागेका थिए। कतिपय त विदेशतिर हानिए।

बाबुले उनको चाहना बुझेका थिए। त्यसैले बाबुले नै कला पढाउने कलेज खोजिदिए। उनी सिर्जना कलेज अफ फाइन आर्टमा भर्ना भइन्। स्नातक तहसम्म त्यहीँ अध्ययन गरिन्। ललितकला क्याम्पसबाट स्नातकोत्तर गरिन्।

नम्रताका श्रीमान् दीपक थामी पनि कलाकै विद्यार्थी हुन्। उनीहरुको चिनजान कलेज पढ्दापढ्दै भएको हो। दुवैजना क्लासमेट। दीपक भने कलाकारिताबाहेक अन्य काम पनि गर्छन्। तर, नम्रता सन् २०१३ देखि व्यवसायिक रूपमा नै कलाकारिकतामा लागेकी छिन्। 

 

उनले पहिलो पटक सन् २०१६ मा पार्क ग्यालरीमा पहिलो एकल चित्रकला प्रदर्शनी गरेकी थिइन्। त्यसपछि सन् २०१७ मा नेवाँ चेन ग्यालरीमा दोस्रो एकल प्रदर्शन गरिन्। अहिले भइरहेको उनको तेस्रो चित्रकला प्रदर्शनी दुई हप्ता चल्नेछ। १ माघबाट सुरु प्रदर्शनी १५ माघमा सकिने नम्रताले बताइन्।

यो प्रदर्शनीमा मिथिला चित्र राखिए पनि तिनले परम्परागत शैलीलाई पछ्याएका छैनन्। उनको रङ संयोजन र वस्तु तथा पात्रलाई प्रस्तुत गर्ने तरिका फरक छ। पात्रमा प्रयोग गरिएको रङले पनि अवलोकनकर्तासँग संवाद गरिरहेको हुन्छ।

आफ्ना चित्रमा एक्रेलिक रङ प्रयोग गरेको उनी बताउँछिन्। यी पानी चित्र हुन्। एक्रेलिकलाई तेलमा हालेर पनि प्रयोग गर्न सकिन्छ। तर, त्यसो गर्दा सुक्न समय लाग्ने हुनाले आफूले पानीको प्रयोग गरेको नम्रताको भनाइ छ।

उनी मधेसकी छोरी र पहाडकी बुहारी हुन्। मिथिला महिलालाई चित्रमार्फत काठमाडौंसम्म ल्याएकी छिन्। त्यसका लागि संघर्ष अझ जारी छ।

उनी पुस्तकहरूमा ‘इलुस्ट्रेसन’ पनि बनाउँछिन्। विभिन्न शैक्षिक संस्थाका पाठ्यक्रममा राखिएका कथालाई चित्रमा ढाल्छिन्। जसले गर्दा बालबालिकालाई पढ्न र बुझ्न सजिलो हुन्छ। उनी जतिसक्दो बालबालिकाका लागि आकर्षक हुने गरी चित्र बनाउँछिन्।

उनले कलाक्षेत्रमा धेरै सम्मान पनि पाएकी छिन्। नेपाल ललितकला प्रतिष्ठानबाट उनले गत वर्ष ‘स्पेसल अवार्ड अन मिथिला पेन्टिङ’ प्राप्त गरिन्। नेवाः चेन ग्यालरीले सन् २०१७ मा ‘आर्टिस्ट अफ द इयर–२०१७’ घोषणा गरेको थियो। 

चित्रले जीवनलाई गति दिने उनी बताउँछिन्। चित्र कोर्न थालेपछि उनलाई आनन्द र शान्ति मिल्छ। चित्र पूर्ण भएपछि उत्साह र हौसला मिल्छ। ‘चित्र बनाउन बस्दा म बेग्लै संसारमा हुन्छु। मन र मष्तिस्क एकीकृत भएर चित्रमै लागेका हुन्छन्,’ उनी भन्छिन्।

के हो मिथिला कला? 
मैथिली भाषा नेपालको धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरीलगायत जिल्लामा बोलिन्छ। मिथिला भाषा बोलिने क्षेत्रलाई मिथिलाञ्चल भनिन्छ। यसको केन्द्र जनकपुरलाई मानिन्छ। यहाँको कला मिथिला कला हो। 

यो लोककला यहाँका विशाल जनसमुदायसँग सम्बन्धित छ, जसको व्यवहारिक ज्ञानको आधार पुस्तक नभए पनि समाजमा निरन्तर चलिरहेको छ। मिथिला कला यो क्षेत्रको चर्चित र लोकप्रिय विधा हो। यो जनजीवनसँग प्रत्यक्ष पनि जोडिन्छ। घरमा मात्र नभएर कपडा र सजावटका सामग्रीमा पनि मिथिला चित्र देख्न पाइन्छ।

मैथिली लोक चित्रकलाको परम्पराको इतिहास कम्तीमा पाँच हजार वर्ष पुरानो रहेको संस्कृतिविद्हरूको भनाइ छ। छोरी सीतासँग विवाह गर्न आएका राम र उनको वरियातलाई स्वागत गर्न राजा जनकले जनकपुरका भित्ताहरूमा चित्र बनाउन लगाएका थिए। ती चित्र नै पहिलो मिथिला कला भएको किंवदन्ती छ।

यी चित्र बिहे, पूजा, विभिन्न चाडपर्व र उत्सवमा अहिले पनि बनाउने चलन छ। मिथिला चित्रकलामा पाइने लिङ्ग र योनिका प्रतिकलाई पूजा गर्ने परम्परा छ। मिथिलाञ्चलको सांस्कृतिक धरोहरलाई विश्वस्तरमा लैजान प्रयत्नहरु पनि भइरहेका छन्। 

मिथिला वा विदेह राज्य सनानत हिन्दू धर्म र आध्यात्मिक चिन्तनको दृष्टिकोणले ज्यादै महत्त्वपूर्ण मानिन्छ। त्यसैले यस राज्यको वर्णन विभिन्न प्राचीन साहित्यहरूमा पाइन्छ। वैदिककालको उत्तराद्र्धसम्ममा यजुर्वेद, सामवेद, अथर्ववेद, उपनिषद् जस्ता साहित्य आएका थिए। सबैभन्दा पहिले ऋग्वेद आएको थियो। त्यसैले पौराणिककालदेखि नै मिथिला क्षेत्रलाई कला र साहित्यमा समृद्ध मानिन्छ। 

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  ०७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
रोल्पा दुर्घटना : मृतकको संख्या २० पुग्यो बिहीबार, वैशाख १७, २०८३
सहकारी अध्यादेश : समस्याग्रस्त सिफारिस गर्नुअघि सहकारी सञ्चालकको सम्पत्ति रोक्का राख्नुपर्ने बिहीबार, वैशाख १७, २०८३
मनलाग्दी शुल्क असुली गर्ने विद्यालयलाई कारबाही हुने बिहीबार, वैशाख १७, २०८३
देशव्यापी आमहड्ताल थाल्ने सुकुम्वासी संघको चेतावनी बिहीबार, वैशाख १७, २०८३
राष्ट्रपतिबाट सहकारी अध्यादेश जारी बिहीबार, वैशाख १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
राष्ट्रपतिबाट सहकारी अध्यादेश जारी बिहीबार, वैशाख १७, २०८३
त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारीले दिए राजीनामा बिहीबार, वैशाख १७, २०८३
रास्वपाले भन्यो– काठमाडौंमा उपलब्ध सांसदज्यूहरू ११ बजे सिंहदरबारमा उपस्थित हुनू बुधबार, वैशाख १६, २०८३
ओमानसँग नेपालको लज्जास्पद हार बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्