काठमाडौं– कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको सबै सेवा आगामी आइतबारसम्मका लागि बन्द गरिएको छ।
नयाँ नागरिकता वितरण, प्रतिलिपि नागरिकता वितरण, प्रमुख जिल्ला अधिकारीले हस्तक्षर गर्नुपर्ने पेन्सन पटा, नामसारी, जन्म मिति, नाम थर सच्याउन खडा गर्नुपर्ने पर्चा, आदेश, सिफारिसका सेवाहरु बन्द गरिएको सूचनामा उल्लेख छ।
अहिले सिन्धुपाल्चोकका विभिन्न सरकारी कार्यालयका कर्मचारीहरु ओमिक्रोनसँग मिल्दोजुल्दो लक्षणसहित बिरामी हुन थालेपछि सो कार्यालयहरुले दिँदै आएको सेवा बन्द गर्न थालिएको छ।
अहिले सिन्धुपाल्चोकमा ३०५ जना सक्रिय संक्रमित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।