काठमाडौं– कस्तुरीको बिनासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रहरी वृत्त महाराजगञ्जले टोखा नगरपालिका–३ भत्केपुलबाट बिनासहित ४ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–७ घर भई काठमाडौं तार्केश्वर नगरपालिका–१ बस्दै आएका २९ वर्षीय आशिक तामाङ, धादिङको धुनीबेशी नगरपालिका–१ घर भएका ३५ वर्षीय श्याम पाठक, सोही ठाउँका ४० वर्षीय राजु थापा र काठमाडौं तार्केश्वर नगरपालिका–१ का ३४ वर्षीय कृष्ण गुरागाईं छन्।
दुर्लभ वन्यजन्तु कस्तुरीको बिना ओसारपसार गरी कारोबार भई रहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बिनासहित उनीहरूलाइ नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका चारैजना ब्यक्तिहरुलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि डिभिजन बन कार्यालय, हात्तीसार काठमाडौं पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।