काठमाडौं– पर्साको जगरनाथपुर गाउँपालिका–६ बस्ने नागेसर प्रसाद कुर्मीको छोरा १२ वर्षीय छोरा मन्टु प्रसाद कुर्मीको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा जगरनाथपुर गाउँपालिका–६ बस्ने ६४ वर्षीय गोवारी राउत अहिर, ५५ वर्षीय नग राउत अहिर, ३२ वर्षीय शत्रुधन प्रसाद यादव, ३० वर्षीय मनमोहन प्रसाद यादव र २५ वर्षीय रोहन प्रसाद यादव रहेका छन्।
उनीहरुलाई यही माघ ८ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जगरनाथपुर गाउँपालिका–६ स्थित ऊखु खेतमा गत पुस २३ गते दिउँसो मन्टु प्रसादको हत्या भएको अवस्थामा शव फेला परेको थियो। त्यसपछि अनुसन्धानमा जुटेको ईलाका प्रहरी कार्यालय पोखरियाको प्रहरीले छिपहरमाई गाउँपालिका–६ भिष्वास्थित नेपाल–भारत सीमाबाट उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरुउपर अपहरण तथा कर्तव्य ज्यान मुद्दामा पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।