काठमाडौं– मिदास एजुकेसन प्रालिले ‘मिदास इक्लास’ मोबाइल र वेब एप सञ्चालनमा ल्याएको छ। उक्त एपले विद्यार्थीहरूको सिकाइलाई सहज बनाउनुका साथै शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी तुल्याउने विश्वास कम्पनीको छ।
नर्सरीदेखि ११ कक्षासम्मका विद्यार्थीहरूलाई स्वअध्ययन गर्न र बुझेर पढ्न प्रेरित गर्न ‘मिदास इक्लास’ पाठ्यक्रममा आधारित पाठहरूको एनिमेटेड भिडियो, पावर प्लाइन्ट प्रिजिन्टेसन, क्विज तथा गेम र नोट परिमार्जित रूपमा उपलब्ध गराइएको कम्पनीले जानकारी दिएको छ।
कम्पनीका अनुसार विद्यार्थीहरुले मिदास इक्लासमा भएका भिडियो आफूलाई मन लागेको बेला हेर्न सक्नेछन्। साथै, यसमा भएका क्विज तथा गेमहरू विद्यार्थीहरुले भिडियो गेम खेले जसरी खेल्दै आफ्नो पाठ सिक्न सक्ने कम्पनीको भनाइ छ।
विद्यार्थीहरुले पढ्दा केही जानेनन् भने वा होमेवोर्क गर्दा उत्तर लेख्न आएन भने वा उनीहरूको केही जिज्ञासा भएमा, उनीहरुले जतिबेला पनि शिक्षकहरूसँग भिडियोमा कुरा वा च्याट गर्दै सिक्ने कम्पनीले जनाएको छ।
विद्यार्थीहरुलाई सिकाउन देशभरका सयौं दक्ष शिक्षकहरू हरेक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि ९ बजेसम्म भिडियोमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
विद्यार्थीलाई अतिरिक्त पाठ्यक्रम गतिविधिहरू गराउन ‘मिदास इक्लास’ मा आर्ट, भोकल, भ्वाइलिन, हारमुनियम, डान्स, ह्याण्डराइटिङ, चेस क्लासलगायत पनि समावेश गरिएको छ।
मिदास एजुकेसनले विद्यार्थीले आफूलाई रजिस्ट्रर गरेको पहिलो १५ दिनका लागि‘मिदास इक्लास’ का सेवा निःशुल्क उपलब्ध गराउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।