काठमाडौं- सिटिजन लाइफ इन्स्योरेन्सले 'सिटिजन खबर' नामक जर्नल सार्वजनिक गरेको छ। कम्पनीले होटल याक एण्ड यतीमा एक कार्यक्रमबीच आफ्नो जर्नल सार्वजनिक गरेको हो।
कमर्पनीले चार वर्षे यात्रा पूरा गरेसँगै सो अवधिसम्मका विवरणहरु समेटेर जर्नल प्रकाशित गरेको जानकारी दिएको छ।
'बीमाको सचेतना तथा सू-समाचारसहित कम्पनीका विगतका सम्झनाका साथै यस जर्नलमा कम्पनीका व्यावसायिक उपलब्धिहरु, प्रगति विवरणहरु, विभिन्न क्रियाकलापका साथै सिटिजन लिडर्सहरुको लेख पनि समावेश गरिएको छ,' कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।