काठमाडौं- चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले आजबाट सुरु हुने सबै परीक्षा स्थगित गरेको छ। कोभिड १९ को संक्रमण बढ्दै गएको भन्दै परीक्षा स्थगित गरेको आइओएमले जनाएको छ।
त्रिभुवन विश्वविद्यालयले पहिले नै परीक्षा स्थगन गर्न भनेपनि आइओएमले भने स्थगनको सूचना निकालेको थिएन। विद्यार्थीहरुले चोतर्फी विरोध गरेपछि परीक्षाको अघिल्लो दिन आइतबार मात्र आइओएमले परीक्षा स्थगन भएको सूचना निकालेको हो।
आइओएमले अर्को सूचना निकाले पुन: परीक्षाको नयाँ मिति सार्वजनिक गर्ने पनि जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।