काठमाडौं- पूर्व-पश्चिम राजमार्गअन्तर्गत टिकौली जंगल नजिक निर्माणाधीन सडकको नालीमा परेर एउटा गैँडा मरेको छ।
आज दिउँसो करिब ३:३० बजे गैँडा मरेको अवस्थामा भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।
उनका अनुसार अन्दाजी ८/१० वर्षको पोथी गैँडा मृत अवस्थामा भेटिएको हो।
घटनास्थलमा निकुञ्जको प्राविधिकसहितको टोली पुगेपछि मृत गैँडा नालीबाट निकालिएको छ। डोजरको सहायतामा मृत गैँडालाई बाहिर निकालिएको हो।
चालु आर्थिक वर्षमा योसँगै २१ वटा गैँडा मरेका छन्। जसमध्ये दुईवटा चोरी सिकारीले मारेका हुन् भने अन्य प्राकृतिक कारणले मरेका हुन्।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।