• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, साउन ११, २०८३ Mon, Jul 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

सत्ताको कोटको खल्तीमा डीआईजीको भाग्यरेखा!

64x64
नारायण अधिकारी सोमबार, माघ १०, २०७८  ०९:००
1140x725

काठमाडौं– ‘नेपाल प्रहरीलाई एकढिक्का र मजबुत भएको देख्न नचाहने समूह र शक्तिहरू सदैव यो संगठनलाई यसैगरी अनिर्णयको बन्दी बनाएर रजगज गर्न प्रयासरत छन्। सरुवाका लागि, बढुवाका लागि, काजका लागि, तालिमका लागि हाम्रा कर्मचारीहरू घाइते मृगजस्तै रनवन बरालिनुपरेको छ।’

जम्माजम्मी ५ महिने छोटो कार्यकालका लागि प्रहरी महानिरीक्षक भएका ठाकुरप्रसाद ज्ञवालीले बिदाई मन्तव्यमा आफ्नो अनुभव यसरी सुनाएका थिए।

प्रहरीमा हुने नियमित सरुवादेखि बढुवासम्ममा शक्तिकेन्द्रको हस्तक्षेप कुन हदसम्म छ भन्ने ज्ञवालीको भनाइले छर्लंग पारेको थियो। प्रहरीलाई सधैं अनिर्णयको बन्दी बनाएर राख्ने र त्यसमा शक्तिकेन्द्रले रजगज गर्दै आफ्नो स्वार्थ पूर्ति गर्ने गुह्य खेल उनको भनाइले उजागर गरेको थियो। 

प्रहरी संगठनको परिचालनदेखि, सरुवा बढुवासम्मका विषय ऐन, नियमावली, निर्देशिकाहरूमा प्रष्ट रुपमा उल्लेख भएपनि सत्ताधारी दल र त्यसका हाँगाबिंगाले त्यसको दुरुपयोग गर्दा मुलुकको प्रमुख सुरक्षा संगठन नै भद्रगोल बनिरहेको तस्वीर ज्ञवालीले जानेबेला सांकेतिक रुपमै भए पनि सार्वजनिक गरिदिएका थिए। २०७६ असार २४ गते प्रहरी महानिरीक्षकबाट बिदा भएर जाँदाजाँदै संगठनमा भएका बेथितिहरू ज्ञवालीले जसरी औंल्याए, त्यसको ठीक डेढ वर्षपछि पुनः उनैले भनेजस्तो शक्तिकेन्द्र र सत्ताको मोलाहिजा प्रहरी संगठनमा व्याप्त भएका घटनाहरू छरपष्ट भएका छन्। 

प्रहरीमा थप गर्ने भनिएको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदको 'बार्गेनिङ' अहिले अहिले पदका आकांक्षी प्रहरी अधिकृतले मात्र नभएर अर्थमन्त्री जनार्दन शर्मासम्मले गरेको विषय सार्वजनिक भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक पूर्वआयुक्त भन्छन्, ‘सार्वजनिक रुपमा मन्त्रीले नै फलानो व्यक्ति एआईजी हुने सुनिश्चित भए थप दरबन्दी पास हुन्छ, नत्र हुन्न भन्नु अख्तियारको दुरुपयोग हो। भ्रष्टाचार गरेर रकम कमाउनु मात्रै भ्रष्टाचार होइन, अख्तियारको दुरुपयोग गर्नु पनि भ्रष्टाचार हो। अधिकारको दुरुपयोग गरेर खुल्लमखुल्ला बार्गेनिङ गर्ने विषयलाई सबैले सहजै स्वीकार्नु झन् ठूलो अपराध हो।’

गृह मन्त्रालयको निर्देशन अनुसार प्रहरी प्रधान कार्यालयले केही दिनअघि संगठन तथा व्यवस्थापन सर्वे (ओएण्डएम) गरेर नेपाल प्रहरीमा तीन एआईजीको दरबन्दी थप गर्नुपर्ने भन्दै फाइल गृह मन्त्रालयमा पठाएको थियो। गृहले प्रहरी प्रधान कार्यालयको ओएण्डएम फाइल स्वीकृत गर्दै अर्थ मन्त्रालयमा पठायो। थप गर्ने भनिएको तीन एआईजीको पदमा आफू निकटका एक डीआईजीलाई बनाउने सहमति भएमात्र दरबन्दी स्वीकृत गर्ने भनेर अर्थमन्त्री शर्माले बार्गेनिङ गरेको गृह मन्त्रालय स्रोत बताउँछ। एआईजी बढुवाका लागि डीआईजीहरू आफैं पनि नेताका दैलोमा धाइरहेका छन्।

‘एआईजी बढुवाको विषय प्रहरी नियमावलीमा प्रष्ट रुपमै लेखिएको छ। तर, यसरी खुल्ला रुपमै बार्गेनिङ गर्नेदेखि बढुवाका लागि नेताको शरणमा पुग्नुले एआईजी बढुवाको योग्यता नियमावली अनुसार होइन, सत्ताको खल्तीको विवरण अनुसार हुने विषय ओपन सेक्रेट नै छ’, एक पूर्वडीआईजी भन्छन्, ‘दुःखको कुरो, यसलाई सबैले हार्दिकतासाथ स्वीकार गरेका छन्। यो झनै डरलाग्दो छ।’

कतिसम्म भने, अनिवार्य अवकाशमा जान तीन महिना बाँकी रहेका एक डीआईजी आफैं ओएण्डएम फाइल बोकेर गृहदेखि, अर्थ मन्त्रालय र सशस्त्र प्रहरीको मुख्यालय हल्चोकसम्म दौडेका थिए। राष्ट्रिय सभा निर्वाचनमा लागू हुने आचार संहिताका कारण ओएण्डएम पारित हुन ढिलाइ हुने र बढुवा समेत ढिलो हुने हुँदा निर्वाचनअघि नै ओएण्डएम पास गरेर बढुवा हुने भन्दै उनी आफैं फाइल बोकेर दौडधुपमा निस्केका थिए। यसमा थप रोचक त के भने गृह मन्त्रालयका कर्मचारी सशस्त्र प्रहरीको भर्ना छनोटका क्रममा हल्चोक गएकाले उनी फर्कंदासम्म ढिलाई हुने भन्दै ती डीआइजी उनलाई हस्ताक्षर गराउन हल्चोक नै पुगेका थिए। 

nimb
nimb
Ncell 2
Ncell 2

विभिन्न साइनो जोड्दै गृहमन्त्रीनिकट पुगेका उनका लागि गृहमन्त्रीको कोटको खल्तीमै एआईजी पद सुरक्षित रहेको जानकार स्रोतहरू बताउँछन्। ‘कसैका लागि बालुवाटारको कोटको खल्तीमा एआईजी पद छ। कसैका लागि गृह र अर्थमन्त्रीको खल्तीमा छ’, नेपाल प्रहरीका एक बहालवाला डीआईजी भन्छन्, ‘हाम्रो न कोही छ। न एआईजी हुने नै आश छ।’

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), प्रदेश समन्वय विभाग र मानव स्रोत तथा प्रशासन विभागलाई अलग बनाउनु पर्ने भन्दै जम्मा तीन एआईजीको दरबन्दी आवश्यक रहेको प्रहरी मुख्यालयले पेस गरेको ओएण्डएममा उल्लेख छ। करिब ८० हजार जनशक्ति रहेको प्रहरी संगठनमा ५ एआईजी अपुग हुने भन्दै तत्काल ३ जनाको दरबन्दी थप गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। 

थप गरिएको ३ एआईजी दरबन्दीभित्र आफ्नो भाग पर्ने नसक्ने ठानेका डीआईजीहरू भने यसलाई बढाउन लबिइङमा लागेका छन्। त्यसका लागि अहिले सत्तागठबन्धनमा रहेका प्रभावशाली नेताहरुलाई रिझाउने उनीहरुको प्रयत्न जारी छ। 

नेपाल प्रहरीमा अहिले प्राविधिक बाहेक (जनपद समूह)का ५ एआईजी छन्। अहिले हरि पाल, निरज शाही, प्रद्युम्न कार्की, विश्वराज पोखरेल र सहकुल थापा गरी पाँच एआईजी बहाल छन्। उनीहरूमध्ये पाल, शाही र कार्की आगामी वैशाख १८ गते वर्तमान प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसँगै ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाँदैछन्।

प्रहरी प्रधान कार्यालयको प्रस्तावअनुसार तीन एआईजीको दरबन्दी थप भएको अवस्थामा करिब एक दर्जन डीआईजी एआईजीको प्रतिस्पर्धामा रहनेछन्।

सीआईबी प्रमुख डीआईजी धीरजप्रताप सिंह, महानगरीय प्रहरी कार्यालय (मेट्रो)का डीआईजी उत्तमराज सुवेदी, ईश्वरबाबु कार्की, घनश्याम अर्याल, रवीन्द्र धानुक, अरुण बिसी, बसन्त पन्त, बसन्त लामालगायत एक दर्जन बढी डीआईजीहरू एआईजीको प्रतिस्पर्धामा रहनेछन्। 

एआइजी, डीआइजीलगायत प्रहरीका माथिल्ला पदहरूको दर्बन्दी कति हुने भन्ने विषय संगठनको आवश्यकतालाई हेरेर होइन, सत्ताधारी दलले बढुवा गर्न चाहेका व्यक्तिको संख्याका आधारमा तय हुँदै आएको छ। अहिले पनि कसलाई बढुवा गर्ने भन्ने निश्चित गरेर मात्र तीन एआइजीको दरबन्दी थप गरिएको जानकारहरु बताउँछन्। 

प्रहरीमा राजनीतिक नेतृत्वले कतिसम्म चलखेल गर्छ भन्ने अमुक व्यक्तिका लागि पटक–पटक एआईजीको दरबन्दी थप्ने र घटाउने कार्यले पनि छर्लंग पार्छ। २०७७ मंसीरमा एक एआईजीको दरबन्दी थप्नुअघि प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सुइँकोसम्म पाएका थिएनन्। बालुवाटारको रुची अनुसार एक एआईजीको दरबन्दी सिर्जना गरी विश्वराज पोखरेललाई एआईजी बनाइएको थियो। 

पोखरेललाई एकल बढुवा गरेर आईजीपीको एकल दाबेदार बनाएको ओली सरकारले त्यसको सात महिनापछि गत असारमा फेरि एआईजीको अर्को दरबन्दी थप गर्दै सहकुलबहादुर थापालाई एआईजी बनाएको थियो। त्यसअघि ओली सरकारले नै नेपाल प्रहरीमा १५ जनासम्म रहेको एआईजीको दरबन्दी कटौती गरी तीनमा झारेको थियो। पछि आफैंले आफू निकटका व्यक्तिलाई बढुवा गर्न दुई एआईजी दरबन्दी थप गरेको थियो 

यसअघि शेरबहादुर देउवा प्रधानमन्त्री रहेका बेला आफूनिकट डीआईजीहरूलाई बढुवा गर्न एआईजीका दरबन्दी थप गरेर १५ जनासम्म पुर्‍याएका थिए। राज्यलाई आर्थिक भारसमेत बढेको भनेर २०७५ जेठ २७ गते केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले एआईजीको दरबन्दी कटौती गरेर तीनमा झारेको थियो। 

ओली सरकार ढलेपछि बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले फेरि एआईजी दरबन्दी थपको तयारी गरेको हो। यसका लागि प्रहरी अधिकारी नै शक्तिकेन्द्र धाएर एआईजीको दरबन्दी थप्न तीब्र लबिइङ गरिरहेका छन्।

प्रहरीको दरबन्दी थपघट हुने विषयमा पूर्वगृहसचिव गोविन्दप्रसाद कुसुमको भनाई छ, ‘स्वार्थ र हचुवाको भरमा दरबन्दी कटौती र थप हुने अभ्यास नौलो होेइन। सुरक्षा निकायलाई चलाउने भनेको विधि, विधान र कानुनबाट हो। तर, त्यसो भएको देखिँदैन। कुनैबेला प्रहरीका माथिल्लो पदहरू ह्वात्तै बढाउने र कुनै बेला ह्वात्तै घटाउने गरेको देखिन्छ। बढाउँदा र घटाउँदाको तार्किक कुराहरू बाहिर आउँदैन। केका लागि बढाइयो, फेरि किन घटाइयो र पुनः किन दरबन्दी थपियो भनेर भन्नुपर्दैन? यसको कारण शक्तिकेन्द्रले आफूअनुकूल प्रहरी चलाउन खोज्ने स्वार्थ नै हो।’

प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  ०९:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
मुखभित्र लुकाइएको खैरो हेरोइनसहित झापाका एक युवक पक्राउ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाकाअनुसार शनिबार साँझ भारतबाट पैदल नेपाल प्रवेश गरेका झापाको अर्जुनधारा नगरपालिका-९ क... आइतबार, साउन १०, २०८३
लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ शुक्रबार राति करिब ११:०० बजे लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी वरिष्ठ हवल्द... शनिबार, साउन ९, २०८३
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास आत्मदाह गर्न खोज्ने २७ वर्षीय विशाल तामाङलाई प्रहरी नियन्त्रणमा लिएर छाडेको छ। तामाङ रामेछापको दोरम्बा गाउँपालिका–१ का स्थानीय हुन्... मंगलबार, साउन ५, २०८३
ताजा समाचारसबै
सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
राष्ट्रपति पौडेलसँग प्रमुख विपक्षी दलका नेता आङ्देम्बेको भेट सोमबार, साउन ११, २०८३
कर्फ्यु उल्लंघन भएपछि सुनसरीको कप्तानगञ्जका सडकमा सेना सोमबार, साउन ११, २०८३
साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने, यस्तो छ कार्यक्रम तालिका आइतबार, साउन १०, २०८३
सुनसरी गोलीकाण्डबारे सांसद थापाले भने– गोली चलाउनुपर्ने अवस्था थिएन, प्रशासनले स्पष्ट जानकारीसमेत दिएको छैन सोमबार, साउन ११, २०८३
तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने आइतबार, साउन १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्