काठमाडौं– २१औं सशस्त्र प्रहरी दिवस २०७८ को अवसरमा उत्कृष्ट कार्य गर्ने ६ प्रहरी अधिकृतलाई पुरस्कृत गरिएको छ।
सशस्त्र प्रहरी बलको केन्द्रीय कार्यालय हल्चोकमा भएको कार्यक्रममा काठमाडौं उपत्यकाका कार्यालयहरुमा रही उत्कृष्ट कार्य गर्ने ६ प्रहरी अधिकृतलाई पुरस्कृत गरिएको हो।
पुरस्कृत हुनेहरुमा डीएसपीहरु सुमनजंग थापा, सुमन बोगटी, रवीन भुजेल छन्। त्यस्तै इन्सपेक्टरमा शैलेन्द्र थापा, सुवर्ण पोखरेल र गंगाधरकुमार चौलागाईं पुरस्कृत भएका छन्।
महोत्तरीमा रहेको छिन्नमस्ता बाहिनी मुख्यालय उत्कृष्ट भएको छ। बलका आठवटा बाहिनीमध्ये छिन्नमस्ता उत्कृष्ट घोषित भएको हो।
यस्तै सशस्त्रको चितवनको कुरिनटारस्थित नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय उत्कृष्ट भएको छ। यसको नेतृत्व एसएसपी अन्जनीकुमार पोखरेलले गरेका छन्। कपिलवस्तुस्थित २८ नम्बर गण हेडक्वार्टर उत्कृष्ट भएको छ।
गुल्मतर्फ तेह्रथुमको म्याङलुङस्थित ३ नम्बर गुल्म उत्कृष्ट भएको छ। बोर्डर आउट पोष्टतर्फ (बिओपी) झापाको टाघनडुब्बास्थित बिओपी उत्कृष्ट भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।