काठमाडौं– मोरङको सुन्दरहरैचा नगरपालिका–४ मा एक महिलामाथि सामूहिक बलात्कार भएको छ। प्रहरीले होटल सञ्चालक ३६ वर्षीय अर्जुन श्रेष्ठलाई गरेको छ। दुई जना फरार छन्।
मोरङका एसपी जनार्दन जिसीका अनुसार करिब ३० वर्षकी महिला बलात्कारमा परेकी हुन्। इटहरीबाट बहिनीको घर गछिया भन्ने ठाउँ जाँदै गर्दा उनी बलात्कारमा परेको जिसीले बताए।
बलात्कारपीडित महिलाले गत शुक्रबार इटहरीबाट गछियास्थित बहिनीको घर जाँदै गर्दा बाटो भुलेकी थिइन्। बाटो सोध्ने क्रममा रामबहादुर नेपालीले बहिनीको घर पुर्याइदिने भन्दै प्रदेश २–०१–००१ च २२७ नम्बरको गाडीमा राखेर सुन्दरहरैचा नगरपालिका–४ स्थि एक होटलमा पुर्याएर बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ।
नेपालीसँगै मनोज श्रेष्ठ नाम गरेका व्यक्तिले ती महिलालाई रातभर होटलमा राखेर बलात्कार गरेका थिए। अहिले उनीहरु दुवैजना फरार छन्। बलात्कारमा परेकी महिलाको कोसी अस्पताल विराटनगरमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।