बैंकक,(रासस/सिन्ह्वा)– थाई सैनिक सरकारले अपदस्थ गरी घरमै नजरबन्दमा राखिएकी थाई पूर्व प्रधानमन्त्री यिङलक सिनावात्रा यतिखेर दुबईमा रहनुभएको पुष्टी भएको समाचार छ।
थाई प्रधानमन्त्री प्रयुत चान ओचाले बिहीबार सो समाचारको पुष्टी गर्नुभएको राजधानी बैंककबाट प्राप्त समाचारमा जनाइएको छ।
बिहीबार थाई विदेशमन्त्रालयको सूचनामा सो समाचारको पुष्टी भएको प्रधानमन्त्री ओचाले बताए। उनले थाई विदेश मन्त्रालयले प्रारम्भिक जानकारीमा सो कुरा पत्ता लागेको र उहाँ हाल संयुक्त अरब इमिरेट्सको दुबई सहरमा लुकेर बसेको बताए।
पूर्व प्रधानमन्त्री सिनावात्रालाई हालैमात्र थाइल्याण्डको सर्वोच्च अदालतले उपस्थित हुन आदेश दिएको थियो । सोही बेला उनी अदालतमा हाजिर नभई दुबई भागेको अधिकारीहरुले जनाएका छन्।
पूर्व प्रधानमन्त्री शिनावात्रालाई भ्रष्टाचारको आरोपमा थाइल्याण्डको सर्वोच्च अदालतले गतहप्तामात्र पाँच वर्षको जेल सजाय सुनाएको थियो।
अदालतको उक्त फैसला लामो समयको सुनुवाईपछि आएको थियो ।
चामल अनुदानसम्बन्धी एक आयोजनामा शिनावात्राले भ्रष्टाचार गरेको अदालतले ठहर गरेको छ । यस अनियमितताबाट कम्तीमा पनि आठ अर्ब अमेरिकी डलर बराबरको रकम अपलचन भएको अदालतको ठहर छ ।
त्यस बापत थाइल्याण्डले सो रकमको हानी ब्यहोर्नु परेको बताइएको छ । उनी सन् २०११ मा थाइल्याण्डको प्रधानमन्त्री बन्नुभएको थियो । सन् २०११ मा भएको आम चुनावमा यिङलकको पू थाई दल अत्यधिक मतका साथ विजयी भएको थियो।
तर उनको सरकारलाई सन् २०१४ मा थाई सेनाले सत्तापलट गरेर हटाएको थियो । तर त्यस अगावै उहाँलाई यहाँको संवैधानिक अदालतले अख्तियारको दुरूपयोग गरेको आरोपमा पदबाट हटाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।