काठमाडौं- लुम्बिनी विद्युत उद्योग प्रालिले बुटवलमा 'पावर पाटनर्स मिट-२०७८' सम्पन्न गरेको छ। कम्पनीले लिट्मस केबल ब्राण्डअन्तर्गत आधुनिक जर्मन प्रविधि एवं अत्याधुनिक पूर्वाधार प्रयोग गरी विभिन्न प्रकारका गुणस्तरीय तार र केबलहरू उत्पादन गर्दै आएको छ।
कार्यक्रममा लिट्मस केबलका ब्राण्ड एम्बेसडर अभिनेता राजेश हमालसहित रुपन्देही जिल्लाका वरिष्ठ उच्च पदस्थ व्यक्तित्वहरुको पनि सहभागिता रहेको थियो।
'वर्षौंदेखि लिट्मस केबलले ग्राहकहरुलाई प्रदान गर्दै आएको बिक्री तथा सेवाहरुमा सुधार गर्दै अझै व्यापक बनाउन केन्द्रित रहनुका साथै पार्टनरहरुबीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउने सम्मेलनको मुख्य उद्देश्य रहेको थियो,' कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
कार्यक्रममा कम्पनीलाई नयाँ उचाईमा पुर्याउने साझेदारहरुको मिहेनत र योगदानलाई सम्मान गर्दै कम्पनीका आगामी रणनीति र भावी योजनाबारे छलफल गरिएको कम्पनीले जनाएको छ। सोही अवसरमा कम्पनीका ब्राण्ड एम्बेसडर हमालले लुम्बिनी विद्युत उद्योगको भ्रमण गरेका थिए। भ्रमणको क्रममा कम्पनीले प्रयोग गर्दै आइरहेको एडभान्स जर्मन टेक्नोलोजी मेसिनबाट उत्पादित सामानहरु अवलोकन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।