काठमाडौं- सिटिजन लाइफ इन्स्योरेन्सको बानेश्वर शाखाले बीमितका परिवारलाई जीवन बिमाबापत बिमा दाबी रकम हस्तान्तरण गरेको छ।
ललितपुर-९ बस्ने ५४ वर्षका आशाराम खड्गीले १६ वर्षका लागि बिमा गराएकोमा बिमा गरेको आठ महिनामा नै उनको निधन भएको थियो। उनको आफ्नै छोरी सरुना खड्गीले अभिकर्ता भइ आफ्नो बुवाको बिमा गराएकी थिइन्।
बानेश्वर क्षेत्रकी क्षेत्रीय शाखा प्रबन्धक लोकमाया अधिकारीले १५ लाख ५० हजार रुपैयाँको चेक बीमितकी छोरी सरुनालाई हस्तान्तरण गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।