प्रतिकात्मक तस्बिर
काठमाडौं– काठमाडौंमा एकदिन ३ जना व्यक्ति मृत फेला परेका छन्। काठमाडौं जिल्लाका विभिन्न क्षेत्रमा शुक्रबार ३ जना मृत फेला परेका प्रहरीले जानकारी दिएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार बुढानीलकण्ठको भंगालमा बस्ने एक ४५ वर्षीया महिला मृत फेला परेकी छन्। बुढानीलकण्ठ नगरपालिका–२ भङ्गाल डेरा गरी बस्ने महोत्तरी बर्दिवासकी ४५ वर्षीया सविता थापा मृत्तावस्थामा फेला परेकी प्रहरीले जनाएको छ।
यस्तै, काठमाडौं महानगरपालिका–१९ ढोकाटोलस्थित सडकपेटीमा एक पुरुष फेला परेका छन्। मृत फेला परेका ती पुरुषको पहिचान खुल्न सकेको छैन।
काठमाडौं महानगरपालिका–१९ मै एक ४५ वर्षका पुरुषको पनि शव फेला परेको छ। उनको पनि पहिचान खुल्न सकेको छैन।
तीन वटै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।