प्रतिकात्मक तस्बिर
काठमाडौं– झण्डै १० लाख रुपैयाँ स्रोत नखुलेको (अवैध) रकमसहित सप्तरी प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले स्रोत नखुलेको ९ लाख ९० हजारसहित २ जनालाई शुक्रबार पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–५ बस्ने २९ वर्षीय राजेशकुमार चौधरी र शम्भुनाथ नगरपालिका–१२ बस्ने २४ वर्षीय दिलिपकुमार मण्डल रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।
राजविराज नगरपालिका–५ मा प्रदेश नं २–०१–००३ प ३४७८ नम्बरको मोटरसाइकल जाँच गर्दा रकमसहित चौधरी र मण्डललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
दुवै जनालाई उक्त रकम र मोटरसाइकलसहित आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय सुनसरी पठाइएको काफ्लेले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।