• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

'आगोको कुण्ड'बाट दशैं सम्झना- त्यो दशैं, यो दुःख 

64x64
नेपाल लाइभ बिहीबार, असोज १९, २०७४  १४:३६
1140x725

कुनै बेलाको दशैं यस्तो हुन्थ्यो- सोह्र श्राद्ध सकिएपछि रातोमाटो र कमेरो बोक्ने चटारो । लिपपोत गर्न नसके पनि माटो खनेर सक्नेजति बोकिन्थ्यो। 

म खन्थेँ । बैनीले बोरामा उठाएर नाम्लो मिलाइदिन्थी । हात तानेर मलाई उठ्न सघाउँथी।

'ओहो ! यिनीहरुको रहर' आमाको अनुहार गोदावरी झैं फुल्थ्यो।

दशैं छिटो बोलाउने रहरले आमालाई माटो मुछेर सहयोग गरिन्थ्यो । दिउँसो पिङ खेल्न जाँदा बाल सखाहरुलाई नयाँ लुगा र खल्तीभरिको च्यूरा देखाउने ताक हुन्थ्यो । त्यसैले बिहान झिसमिसेमै उठेर भैंसीलाई दिनभरि पुग्ने घाँस-सोत्तर काटेर ल्याइन्थ्यो । अहिलेका जस्तो फेन्सी कपडा एकपटक पनि जिउमा नहाली बाल्यकाल बिताएका अनुभव ताजै छन् । तर पनि भात खान श्राद्ध र चिउरा खान दशैं पर्खनुपर्ने ती दिनहरू अहिलेभन्दा निकै रमाइला थिए।

नयाँ कपडा पनि फेन्सी कहाँ हो र ? स्कुलको ड्रेस पाइन्थ्यो । दशैंमा नयाँ स्कुलको ड्रेस लगायो, हुत्तिँदै पिङमा गयो।

त्यही नयाँ लुगाको सुगन्ध अनि खल्तीको च्यूराले दशैं साँच्चै उल्लासमय हुन्थ्यो । निधारको टीका र कानको जमरा अडियून्-नअडियून्, थोरै भए पनि दक्षिणामा पाएको नयाँ नोट देखाउन दौडिँदै पिङमा पुगिहालिन्थ्यो । लाग्थ्यो, दशैं भनेको यही हो । साथीहरुले कति दक्षिणा पाए भन्ने मीठो उत्सुकता हुन्थ्यो र सोधिन्थ्यो पनि । देखाउनकै लागि लंगुरबुर्जामा दाउ हेरेर राखिन्थ्यो, खेलिन्थ्यो र अन्तिममा सबै पैसा हारिन्थ्यो।

हार्नुको पीडाले बरु त्यति रुवाएन, जति मैले हार्दा भाइ-बहिनी ठिक्क पर्योा भनेर रमाउँदा मन रुन्थ्यो । पैसा हरायो भनेर फेरि बुबासँग माग्छु भनेर सोचिन्थ्यो । तर, आफू घर पुग्नुअघि नै भाइबैनीले कुरा लगाइसकेका हुन्थे । अरू पैसा पाउने आशामा बुबासामु रुँदा उल्टो दुई थप्पड खाइन्थ्यो । दिनभर रोएरै बित्थ्यो।

पिटाइ खाएकोमा भाइबैनीको खुसी बढ्थ्यो । आफ्नो भने दशैं आउनुको सारा उमंग एकाएक टुट्थ्यो । तर जे-जस्तो भए पनि बाल्यकालका ती दशैं जस्तो रमाइलो कुनै भएनन् । दशैं त बच्चामा आउँथ्यो, अहिले त आँसु मात्रै आउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

समय बदलियो । ठूलो भइयो । जुँगाका रेखी बसे । घरको व्यवहार बुझ्दा र सोच्दा जुरुक्क उठेर कतै हान्निऊँ र पैसा कमाऊँ भन्ने मन भयो । बुबाका दु:ख, आमाको अनुहारका भरिएका अभावका पीडाले 'जा जा !' भने । तिनै आमाको माया र बोलीले भने 'नजा नजा' भनेर बाटो छेके।

आखिर दु:खले जित्यो, प्वाँख पलाएको बचेरोले गुँड छोड्यो । राजधानी 'मायानगरी' रहेछ । दिनभरि दु:ख गर्योए, बेलुका ज्याला र साहुको गाली । आमाले पस्केको भात छोडेर हिँडेको सम्झेर परेलीको डिल भत्किन्थ्यो । वर्षभरि कमायो अनि हरेक वर्ष दशैंको नवमीको दिन ट्रकको छतमा बसेर घर गयो।

जिम्मेवारी आफूले लिएपछि आफ्ना रहरहरू खै कता छुट्दा रहेछन् । भाइ-बैनीलाई नयाँ कपडा, आमालाई मखमलको न्यानो चोली अनि बुबालाई बाक्लो स्वेटर । आमा त्यही चोली लगाएर गोठ र घर, भाइबैनी नाच्दै पिङमा, बुबा स्वेटर लगाएर खेतमा । आहा ! सबैको आँखामा खुसी देखेर आफ्नो जिउको जाडो त कता पुग्थ्यो कता।

कमाउन थालेपछि कहिल्यै रित्तो हात घर गइनँ । सबैलाई केही न केही बोकेरै गएँ । 'दाइ आयो, दाइ आयो !' भन्दै झोला लिन बाटोसम्म दगुर्दै आउने भाइ-बैनीको बोली र आँगनबाट हाँस्दै हेरिरहेकी आमाको अनुहारले घर पुग्नुको आनन्द चौगुणा बढाउँथे।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आमा सोध्नुहुन्थ्यो 'सबैलाई लुगा ल्याएछस्, आफूलाई के किनिस्?'

म भन्थेँ 'मेरा त सबै नयाँ छन् आमा, किनिनँ।'

आमाले किनकिन एकटकले हेरिरहनुभयो । खै के सम्झेर रुनुभयो । तर, म फुरुंग भएँ।

सोचेँ- आमा, म सानो हुँदा नयाँ ड्रेसको खल्तीमा च्यूरा भरेर पिङमा मच्चिँदा तिमी नि म जस्तै खुसी हुन्थ्यो है !

परदेश बस्दा अरू सबै दु:ख एकातिर अनि परिवारबाट टाढा भएको बेला चाडबाड आउँदाको दु:ख अर्कोतिर । यही दु:ख ठूलो । यही दु:खले पिरोल्ने । लाग्छ- परदेशीलाई चाडबाड कहिल्यै नआओस् ! चाडपर्व एक्लै मनाउनु र एक्लै खाना बनाएर एउटा कुनामा टोलाएर खानुले साह्रै नराम्ररी दुख्ने रहेछ।

समय सधैं एकनास रहेन । नेपालमा कमाएर आफू पढ्नसम्म त जसोतसो सकिन्थ्यो, तर घरको गाह्रो-साह्रोमा पुर्यापउन गाह्रो । आखिर घरमा कमाउने पनि को छ र ? पढ्दै गरेका साना भाइबैनी, उमेर पाक्दै गरेका बुवाआमा । बिहे पर्खेका दिदीहरु । घरको सबै दायित्व आफ्नै टाउकोमा आयो । जीवनभर दु:ख गर्दागर्दै बुबा थाकिसक्नुभएको थियो।आमाको अनुहारका हजार चाउरीका रेखा देख्दा लाग्थ्यो, हजार दु:खको प्रतिमूर्ति मेरै आमा हुन्।

मलाई बाबाको बोझ हलुका बनाउने मन भयो । आमाको दु:ख बिसाउने चौतारी बनाउन मन लाग्यो । यता सोच्छु हुँदैन, उता सोच्छु हुँदैन ।

आमाले हरेक दिन तुलसीका मठमा जल चढाउँदा एउटै मन्त्र जप्नुहुन्थ्यो- 'हे परमेस्सोरी ! मेरा सन्तानले बाटो पाऊन्, चारै दिशा खुला होऊन् इनका लागि!'

खै, आमाको प्रार्थना भगवानले सुने जस्तो लागेन । अन्त्यमा हजारतिर भौंतारिँदा समाधानको एउटै बाटो निस्क्यो– पासपोर्ट । परराष्ट्र मन्त्रालयले सजिलै पत्यायो।

मेनपावर भन्नु त इन्द्रजाल रहेछ, कुरा जति सुन्यो उति मोहनी लाग्ने । विदेश जाने योजना बनाउन्जेल र सपना देखुन्जेल त खुसी लागेको थियो । तर, घर छोड्ने बेला मन एकतमासको भयो । मूलढोकामा तामाका स-साना २ वटा कलश, कलशमा फूल । खै आमाले कतिबेला सिँगारिसक्नुभएछ । बैनीले थालमा अक्षता मुछिछ । भाइको हातमा दहीको कचौरा । मलाई मन थाम्न निकै गाह्रो भयो । हिँड्ने बेला बुबाले टीका लगाइदिनुभो र मन दह्रो पारेर भन्नुभयो, 'मर्दको छोरा ! राम्रोसँग जा, जिन्दगी यस्तै हो।'

आमाले दही खुवाउँदै भन्नुभयो- 'सकेसम्म नजा ! यतै केही गरे हुन्न ? तँलाई मैले झैं पस्केर कसले खान देला?'

दिदीहरू रोए । भाइ तलसम्म पुर्या उन आयो । बुबाले आँगनबाटै म हिँडेको हेर्नुभयो । मैले फर्केर हेरेँ- आमाले आँखाले देखुन्जेल आँसु बर्साउँदै मलाई हेरिरहनुभएको रहेछ । दिउँसोको घाममा आमाको मखमली चोली टल्केको थियो । मन त्यो बेला कस्तो-कस्तो भयो । भक्कानोले घाँटीमा ख्याप्पै समायो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल । आउने-जाने हजारौं यात्री । कोही हाँसीहाँसी फोटो खिचाइरहेका, कोही आफन्तजनसँग अँगालो हालेर रोइरहेका।

यहाँ पुगेपछि मन निकै भक्कानियो । न आफ्ना साथमा रुने कोही छन्, न फोटो खिचाउने । आँसु त अघि नै कतिखेर झरिसकेछन्, गाला तातो भएपछि थाहा पाएँ ।

जहाज उड्यो । जहाजमा मसँगै मेरा सपना पनि उडे । ४ घन्टाको यात्रापछि जहाज ल्यान्ड भयो । एयरपोर्टबाट बाहिर निस्केको के थिएँ, यति धेरै गर्मी, मानौं म कुनै आगोको कुण्डमा झरेको हुँ।

गर्मी एकातिर, अर्कोतिर मनमा डरको जगजगी । नेपाली बाहेक अरु भाषा बोल्न नजान्नु, हातमा सीप नहुनु अझ त्यसमाथि दलालले देखाएको झुटो सपना । यो जत्तिको पीडादायी के नै हुँदो रहेछ र!

केही दिन बिते, बिस्तारै अभ्यस्त हुन थालियो । वातावरणमा घुलमिल हुँदै गइयो । तातो हावा पच्यो । भोक-प्यास खप्न सिकेँ । पसिनाले नुहाउन सिकेँ । मन थाम्न जिन्दगीले सिकायो।

परदेश बस्दा अरू सबै दु:ख एकातिर अनि परिवारबाट टाढा भएको बेला चाडबाड आउँदाको दु:ख अर्कोतिर । यही दु:ख ठूलो । यही दु:खले पिरोल्ने । लाग्छ- परदेशीलाई चाडबाड कहिल्यै नआओस् ! चाडपर्व एक्लै मनाउनु र एक्लै खाना बनाएर एउटा कुनामा टोलाएर खानुले साह्रै नराम्ररी दुख्ने रहेछ।

कमाएको पैसा घरमा नियमित पठाइरहन्थेँ । त्यो पैसाले भाइबैनीको खुसी किन्ने अनुमति त फोनमा दिन्थेँ । तर, उनीहरुको खुसी अनुभव गर्न नपाउनुले बेचैनी थपिन्थ्यो। 
दशक बढी परदेश बस्दा धेरै कुराको अनुभव भयो । बेलुका कामबाट थाकेर फर्कियो, हातगोडा भोकले थरथराउँछन् ! त्यसैमाथि आफैं पकाएर खानुपर्ने दैनिकी । थकाइ भन्न नपाइने परिस्थिति । बिरामी भएर एकदिन काममा नजाँदा दुई दिनको सेलरी काट्ने कम्पनीका बुच्चरहरू ! अनि जस्तै परे पनि सहनुको विकल्प के नै छ र?

सम्झिन्छु- अहिले घर बस्नेको सोचाइको थप्पडभन्दा उ बेलाको बुवाको थप्पड धेरै मीठो थियो । जब कमाउने भइयो, कहिल्यै दशैं आएन । अब त झन् आउने कल्पनै छैन ।

आफू बिरामी हुँदा सेलरी नपाएको अवस्था, महँगो उपचारले थलिएको कुरा बताउँदा समेत नपत्याउने परिवार । 'भत्के-बिग्रे सबै साहुले बेहोर्छ' अनि 'कहिले महिना मर्ला र तलब दिउँला भन्दै साहु बसेको हुन्छ' भनेर सोच्ने घरका सदस्यको मानसिकता!

दु:खको के मोल ? आँसुको के भाउ ? परिश्रमको के गन्ती?

बेलुका कोठामा गयो । सकिनसकी पकायो । पेट रुच्दो खायो । बँचेको बिहान टिफिनको डब्बामा । १२ बजे त्यही चिसो बासी भात खायो।

सानो छँदा बिहानको भात घ्यूमा भुटेर आमाले कति स्वादिलो 'मिठीमाम' बनाइदिनुहुन्थ्यो । आज मलाई किन-किन बच्चा हुन मन लाग्यो, मिठीमाम खान मन लाग्यो । यहाँ प्यासमा पानी पिउन र त्यही बासी भात खान पनि छहारी भेटिन्न।

थाकेर लोथ भएको बेला मस्त सुत्दा कहिलेकाहीँ उठ्न ढिला हुन्छ । समयमा काममा नपुगे हजार प्रश्न । कम्पनीले उपलब्ध गराएको पुरानो गाडी अलि  वेगसित कुदायो, क्यामेराले खिचिक्क पार्छ । जरिवाना नतिरी उम्किनै सकिन्न।

कुनै महिनामा पैसा छैन भनेर घरमा खबर गर्छु भन्यो, घरबाट तयारी प्रश्न आइहाल्छ- यसपाली पैसा किन कम आयो?

समस्या बताउँदा उताबाट सजिलै कपोलकल्पित कुरा आउँछ, 'किन हुँइक्याउनु परो सान देखाएर ? त्यही पनि साहुले तिरिहाल्छ नि!'

यही हो परदेशमा किनेको खुसी । घर बस्नेको सोचाइ यस्तो हुन्छ, मानौं यहाँ सम्पूर्ण कामदारको गल्ती माफ गरेर साहु पैसा बाँड्न बसेको छ । यहाँका हस्पिटल फ्रीमा उपचार गरिदिन्छन्। 

आफूले कमाउन नसक्ने हुँदाको दशैंले जति खुसी दिन्थ्यो, आज आफू कमाउने भएपछि त्यस्तो खुसी कहिल्यै आएन । आयो त केवल आँसु आयो।

सम्झिन्छु- अहिले घर बस्नेको सोचाइको थप्पडभन्दा उ बेलाको बुवाको थप्पड धेरै मीठो थियो । जब कमाउने भइयो, कहिल्यै दशैं आएन । अब त झन् आउने कल्पनै छैन । परदेश आए पनि म उस्तै छु, दु:ख उस्तै छ, तर घर बस्नेहरु फेरिएछन्!

मलाई फेरि बच्चा हुन मन छ, घरै बस्न मन छ, सबैको माया पाउन मन छ । परदेश छोडेर हिँडिहालूँ भने समय आफू अनुकूल अलि भइसकेको छैन । अझै केही समय गुजार्नैपर्ने बाध्यता छ । अब त बाध्यता पनि रहरमा परिणत भइसके । दिनहरु जुन बोझ थिए, ती रहरलाग्दा भइरहेका छन् । यसैमा रमाइरहेको छु । अझ भनूँ, रमाउने बानी परेको छ। 
आफ्नो निधारमा पसिना ओभाएको दिन घरको चुलो ओस्सिने पक्का छ । त्यसैले पनि परिवारको खुसीले मलाई श्रम गर्न ऊर्जा दिइरहेको छ।

रोएर संसार जितिन्न । श्रम बाहेकको अर्को विकल्प पनि त छैन । यसपालीको दशैं यस्तै भो, अर्को साल त जसरी पनि जान्छु भन्ने अठोट गर्न सक्नु नै समय व्यतीत गर्न सहज हुने यौटा सहज उपाय हो । आखिर यसरी अठोट नगरेको साल पो कैले थियो र!

हेटौंडा, हाल दुबई ।

प्रकाशित मिति: बिहीबार, असोज १९, २०७४  १४:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालबाट बाहिरियो मनसुन
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित)
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला
सम्बन्धित सामग्री
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि हो ची मिन्ह सिटीमा हजारौँ मानिस सडकमा भेला भएर राष्ट्रिय झण्डाले ढाकिएका कफिनसहितको अन्तिम यात्रामा सहभागी भएका थिए । कतिपयले सेता फ... बुधबार, असोज २८, २०८३
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु स्थानीय बासिन्दाहरू भोजमा सहभागी हुन अर्को गाउँ जाने क्रममा गएराति दुर्घटना भएको हो। भगतान टोलअन्तर्गत रामपुर श्यामचन्द पञ्चायतको मा... बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण साउदी अरबको पूर्वी प्रान्तमा रहेको विश्वकै ठूलो तेल कम्पनीमध्ये एक अरामकोको प्रशासनिक भवनमा मंगलबार आक्रमण हुँदा सीमित आगलागी भएको छ... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्