काठमाडौं– भन्सार छली ल्याइको ३० लाख मूल्य बराबरको सामान बोकेको एउटा ट्रक पर्सा प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्ज महानगरपालिका–१६ इदगाह चोकको सडकखण्डमा ना३ख ५६७१ नंको मालवाहक ट्रकलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो।
उक्त ट्रकमा भन्सार छली गरी ल्याइएका खुद्रा सामान फेला परेको प्रहरीको दाबी छ। सो क्रममा ट्रकका चालक पर्साको जगरनाथपुर गाउँपालिका–१ का ४५ वर्षीय लालबाबु महरालाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
उक्त ट्रकमा भएको मालसमानको ३० लाख रुपैयाँ मूल्याङ्कन गरी आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।