काठमाडौ– प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको छ। बिहानैदेखि मौसमका कारण आन्तरिक उडान सामान्य प्राभावित भएको नागरिक उड्डयन कार्यालयले जनाएको छ।
काठमाडौंबाट उडान हुने जिल्लाहरुमा बिहानैदेखि मौसम प्रतिकूल भएका आन्तरिक उडान हुन हुन नसकेको बताइएको छ। अन्तर्राष्ट्रिय उडान भने भइरहेको विमानस्थल कार्यालयले जनाएको छ।
यता, देशको पहाडी भूभागका केही स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले जारी गरेको बुलेटिनअनुसार देशका केही स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।
देशभर अझै चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ।
हाल देशमा पश्चिमी वायुको प्रभावले गर्दा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ। साथै, पश्चिम र पूर्वी तराई भेगमा हुस्सु÷कुहिरो लागेको छ। मधेस प्रदेशमा शीतलहरका कारण जनजीवन प्रभावित भएको छ। त्यस्तै हिमाली जिल्लाहरूमा पनि चिसोका कारण जनजीवन प्रभावित भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।