फाइल तस्बिर
काठमाडौं- पछिल्ला दिनमा कोरोना भाइरस संक्रमणदर अत्यधिक बढेपछि वायुसेवा सञ्चालक संघ नेपालले आन्तरिक हवाई उडानमा कडाइ गरेको छ।
संघले आज सूचना जारी गर्दै हवाईजहाजभित्र स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, प्रत्येक उडानपछि हवाईजहाज र व्यागेज निसंक्रमित गनुपर्ने, चेक इन बोर्डिङ क्लेम गर्ने स्थान तथा प्रतीक्षालयमा भीडभाड नगर्ने, अनिवार्य रूपमा जनस्वास्थ्यको मापदण्ड पालना गर्ने र हवाईयात्रुले विमानस्थल प्रवेश गर्दा कोभिड-१९ विरुद्धको खोप लगाएको कार्ड वा फोटो बोक्नुपर्ने जस्ता व्यवस्था गरेको छ।
संघको आज बसेको कार्यसमिति बैठकले कोरोना नियन्त्रणका लागि उक्त निर्णय गर्दै सूचना सार्वजनिक गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।