• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

पूर्वको भक्का यसरी भित्रियो काठमाडौं

64x64
धनु विश्वकर्मा शुक्रबार, माघ १४, २०७८  ०७:०५
1140x725
तस्बिरहरू : निमेशजंग राई

काठमाडौं– झापाका सक्षम संग्रौला काठमाडौं आए पनि भक्काको स्वाद बिर्सिन सकेका थिएनन्। तर, काठमाडौंमा भक्का पाउनै मुस्किल थियो। एक दिन उनी घट्टेकुलोस्थित अम्बिका लुइँटेलको पसलमा पुगे। त्यहाँ उनले पूर्वको जस्तै भक्का खान पाए। त्यसपछि आमालाई पनि लिएर उनी बेलाबेला ‘अम्बिका दिदी’को पसल पुग्छन्।

अम्बिका दिदीसँग भक्का पकाउने माटोको भाँडा भने छैन। माटोको भाँडामा पकाउन ग्यास बढी खर्च हुने हुँदा संभव नभएको लक्ष्मी बताउँछिन्। पूर्वको भक्का भने माटोको भाँडामा पकाउने हुँदा स्वाद नै छुट्टै हुने सक्षमको भनाइ छ। भक्का पकाउने त्यस्तो भाँडोलाई हन्डी भनिन्छ।

झापास्थित घर जाँदा बिहान र बेलुका नै भक्का खाने गरेको सक्षम बताउँछन्। ‘जाडोमा भक्का खानुको मजा बेग्लै हुन्छ। हाम्रो परिवार नै भक्काप्रेमी हो,’ उनी भन्छन्। झापामा खाएको भक्काको स्वाद उनकी आमाले पनि बिर्सिन सकेकी छैनन्। बिहान तरकारी किन्न आउँदा घट्टेकुलोमा उनकी आमाले पनि प्रायः भक्का खाने गरेकी छिन्।

भक्का पसल चलाउने अम्बिकाको घर पनि झापा नै हो। उनी झापाको खुदुनाबारीकी स्थायी बासिन्दा हुन्। दुई वर्षदेखि घट्टेकुलोमा व्यवसाय गर्छिन्।

त्यसअघि उनी वैदेशिक रोजगारीका क्रममा साउदी अरबदेखि भारतसम्म पुगेकी थिइन्। त्यसपछि फर्किएर काठमाडौंमा व्यवसाय सुरु गरिन्। पहिला फलफूल बेच्थिन्। त्यही क्रममा उनलाई भक्का बनाएर बेच्ने सोच आयो। झापामा खाएको भक्काको स्वाद उनले बिर्सिएकी थिइनन्। झापामा हुँदा आफैं पनि भक्का बनाउँथिन्। ‘काठमाडौंमा भेटिएका पूर्वका मानिसले भक्काबारे कुरा गर्थे। त्यहीकारण भक्काको बजार भएको लाग्यो र व्यवसाय सुरु गरेँ,’ उनले भनिन्।

जाडो महिनामा भक्काको व्यापार धेरै हुने उनी बताउँछिन्। अहिले उनी दैनिक १५ देखि २० किलो चामलको भक्का बनाउँछिन्। ‘भक्कालाई मौसमी व्यापार भन्दा हुन्छ। जाडोमा बढी बिक्छ। बिहान भक्का खानेहरू धेरै हुन्छन्,’ उनले भनिन्। 

के हो भक्का?
भक्का पूर्वका राजवंशी समुदायको परम्परागत परिकार हो। राजवंशी सुमदायले छोरीको बिहेमा मिठाई कोसेली पठाउँदा भक्का पनि समावेश गर्ने चलन छ। त्यसैगरी जाडो मौसममा विवाहित छोरीलाई माइत बोलाएर भक्का खुवाउने चलन पनि छ। घरमा आउने पाहुनालाई पनि भक्का खुवाएरै स्वागत गर्ने गरिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

भक्का चामलको पिठोबाट बनाइन्छ। गाउँघरमा भने भर्खर भित्र्याएको नयाँ धानको चामलबाट बनाउने गरिन्छ। पहिला चामललाई करिब दुई घन्टा पानीमा भिजाउनुपर्छ। त्यसपछि पानीबाट निकालेर थिगारेपछि पिसेर पिठो बनाउनुपर्छ। ओखल, ढिकी वा मिलमा पिस्न सकिन्छ।

चामलको पिठोलाई थोरै पानीमा मुछ्नुपर्छ। त्यसलाई गोलाकार (प्रायः माथि तल थेप्चो भएको) बनाउनुपर्छ। अनि पानीको बाफमा पकाउनुपर्छ। भक्का पकाउने भाँडामा तल पानी र माथि चामलको पिठोको डल्ला राखिन्छ। भाँडाको मुख बन्द गरिन्छ। केही बेर बफ्याएपछि भक्का तयार हुन्छ। भक्कालाई अचारसँग खान सकिन्छ। 

पूर्वका झापा र मोरङका साना ठूला विभिन्न सहरमा भक्काका पसल भेटिन्छन्। पूर्वको भक्का अहिले काठमाडौंमा पनि खान पाइन्छ। व्यापारिक रूपमा भने भक्का दुई प्रकारले बनाइन्छ, चामलको पिठोमा खुवा वा चकलेट हालेर। दुवै प्रकारका भक्का काठमाडौंमा प्रचलित छन्।

काठमाडौंमा ‘भक्का हाउस’
झापाका तिलक काफ्ले एउटा गैरसरसकारी आयोजनामा काम गर्थे। तर, उनी रोजगारीबाट सन्तुष्ट थिएनन्। आफैंले व्यवसाय गर्ने सोचमा थिए। के व्यवसाय गर्ने भन्ने निश्चित गरिसकेका थिएनन्। एक जना आफन्तले काठमाडौंमा भक्का बेच्न सुझाव दिए। आफू पनि पूर्वकै भएको कारण यो सुझाव उनलाई उचित लाग्यो।

अनि उनी फेरि झापातिर लागै। एक हप्ता राजवंशी समुदायसँग बसेर भक्का बनाउन सिके। त्यसपछि फर्किएर काठमाडौंको पुरानो बानेश्वरमा ‘भक्का हाउस’ खोले। त्यसअघि काठमाडौंका फुटपाथमा फाट्टफुट्ट भक्का बेचेको देखेका थिए।

‘बजारले जहिले पनि नयाँ स्वाद खोज्छ। मलाई पनि बिहानको खाजाको रूपमा काठमाडौंमा भक्काको व्यापार राम्रो हुन्छ भन्ने लाग्यो, त्यसैले भक्का हाउस खोलेँ,’ उनले भने। झापातिर जाडोमा बढी खाइने भक्का काठमाडौंमा १२ महिना नै बिक्री हुने उनी बताउँछन्।

उनले भक्का हाउस खोल्दा काठमाडौंमा धेरैलाई यसबारे थाहा थिएन। तर, पूर्वबाट आएर काठमाडौं बसेकाहरू जानकार थिए। पहिला त पूर्वबाट आएर बस्नेहरूलाई नै लक्षित गरेर उनले भक्का हाउस खोलेका थिए। बिस्तारै प्रचार हुँदै गयो। अनि अहिले सबैतिरका मानिस उनका ग्राहक बनेका छन्। अहिले माग पनि बढेको उनी बताउँछन्।

भक्का बेच्न मोरङबाट काठमाडौं
मोरङ, सुन्दरहरैँचास्थित गोठगाउँकी जयन्ती चौधरी पनि मैतिदेवी चोकमा भक्का बेच्छिन्। उनले काठमाडौंमा भक्का बेच्न थालेको दुई वर्ष भयो। उनी भक्काको व्यापार गर्नकै लागि काठमाडौं आएकी थिइन्।

उनकी दिदी मैतीदेवीमा व्यापार नै गर्थिन्। तर, उनी भक्का बेच्दैन थिइन्। दिदीले पूर्वका मान्छेले भक्का खोज्ने बताएपछि उनी काठमाडौं आएकी हुन्। मोरङमा नै उनले भक्का बनाउन जानिसकेकी थिइन्।

भक्का खाने ग्राहक बिहान र बेलुका आउँछन्। दैनिक चारदेखि पाँच हजार रुपैयाँको भक्का बिक्री हुन्छ।

भक्का बनाउन पूर्वबाटै उनले चामल ल्याउँछिन्। बजारमा पाइने सबै चामलको राम्रो भक्का नबन्ने उनी बताउँछिन्। त्यसैले गाउँबाटै लोकल चामल ल्याएकी हुन्।

झापाका खगेन्द्र अधिकारी भक्का खान प्रायः जयन्तीको पसलमा पुग्छन्। खगेन्द्र भन्छन्, ‘हामी पूर्वेली भक्का भनेपछि हुरुक्क हुन्छौँ। झन् जाडोमा त विशेष लाग्छ।’

प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
रसुवा जोड्ने वैकल्पिक मार्गमा यात्रुलाई सास्ती राजमार्ग क्षतिग्रस्त बनेसँगै स्थानीय बासिन्दाले यातायात पहुँच कायम राख्न वैकल्पिक मार्ग निर्माण तथा सञ्चालनमा ल्याउने प्रयास गरिरहेक... बुधबार, भदौ २४, २०८३
ताजा समाचारसबै
ओली–प्रचण्डलाई गगनको आग्रह– संविधानको नाममा ध्रुवीकरण नगरौं, रास्वपासँग पनि सहकार्य गरौं शनिबार, असोज ३, २०८३
नेपालको कुन संविधान कति पटक संशोधन भए ? शनिबार, असोज ३, २०८३
प्रदेशदेखि राखेजदेखि राजसंस्था स्थापनासम्म : ज्ञानेन्द्र शाहीका संविधान संशोधनका चार प्रस्ताव शनिबार, असोज ३, २०८३
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक शनिबार, असोज ३, २०८३
महाधिवेशनअघि देउवा पक्षलाई समेट्ने गगनको अन्तिम प्रयास, भने– ‘१६ गते बिहानसम्म प्रयास गर्छु’ शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्