काठमाडौं– सत्ता गठबन्धनको उच्च स्तरीय सरकार सञ्चालन समन्वय समितिको बैठक सुरु भएको छ।
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो। सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटमा संयन्त्रको बैठकबारे निर्णय भएको थियो।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा माघ १२ गते हुन गइरहेको राष्ट्रिय सभाको निर्वाचनका साथै आगामी स्थानीय तहको निर्वाचनका सम्बन्धनमा छलफल भएको जनाइएको छ।
सोमबारको भेटवार्तामा स्थानीय तहको आगामी निर्वाचन र प्रदेश तथा प्रतिनिधि सभाका निर्वाचनको विषयमा छलफल भएको थियो।
बैठकमा प्रधानमन्त्री देउवा, प्रचण्ड, बाबुराम भट्टराई, रामचन्द्र पौडेल, बेदुराम भुसाल लगायत सहभागी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।