काठमाडौं– नेपाल प्रहरीले ठगी एवं ज्यान मार्ने उद्योग कसुरमा फरार एकलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ठगी एवं ज्यान मार्ने उद्योगमा फरार रहेका दाङ घोराही उपमहानगरपालिका–१५ का ४१ वर्षीय विकास पुनलाई सोमबार साँझ पक्राउ गरेको हो।
ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले ठगी कसुर मुद्दा दर्ता भई फरार रहेका पुनलाई लुकिछिपी बसिरहेको अवस्थामा काठमाडौँ महानगरपालिका–११ सुन्धारास्थित होटल भ्यू ग्लोबलबाट पक्राउ गरिएको जानकारी दिए।
पक्राउ परेका पुन विभिन्न मितिमा ज्यान मार्ने उद्योग, हातहतियार खरखजाना, डाँका, चोरी तथा कुटपिटका घटनामा संलग्न रहेको अनुसन्धानमा खुलेको उनले बताए।
प्रहरीले पुनले प्रयोग गर्दै आएको प्रदेश ३–०१–०२२ च ०११८ नम्बरको गाडीसमेत बरामद गरेको छ। पुनलाई आवश्यक अनुसन्धान तथा कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय दाङ पठाइएको प्रवक्ता महतोले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।