काठमाडौं- झापाको मेचीनगर नगरपालिकाबाट १० लाख बराबरको अवैध मोटर पार्ट्स प्रहरीले बरामद गरेको छ।
प्रहरीले अवैधरूपमा भन्सार छलेर ल्याउँदै गरेको नौ लाख ९२ हजार ८७० बराबरको मोटर पार्ट्स र कार नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए।
मेचीनगर–१२ स्थित सहरेडाँगी चोकबाट प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले विशेष सुराकीका आधारमा इलाम जिल्ला सूर्योदय नगरपालिका–२ का मनोज खड्का सवार बा४च ३०९ नंको वेगनर कारलाई रोकी जाँच गर्दा अवैधरूपमा भन्सार छली ल्याउँदै गरेको कारहरुमा प्रयोग हुने विभिन्न मोटर पार्ट्सका सामान बरामद भएको उनले बताए।
सामानसहित चालक खड्का र कारलाई काँकरभिट्टा भन्सार कार्यालय दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।