काठमाडौं– नेपाल प्रहरीको प्राविधिक समूह अन्तर्गत इन्जिनियरिङका प्रहरी उपरीक्षक (एसपी) रामकुमार चौधरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएका छन्।
बढुवा समितिको सिफारिस अनुसार गत पुस २३ गते बढुवा सिफारिसमा परेका चौधरीलाई सोमबार एसएसपीको दर्ज्यानी चिह्न प्रदान गरिएको हो।
उनी प्रहरी प्रधान कार्यालयको भौतिक पूर्वाधार निर्देशनालयमा कार्यरत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।