काठमाडौं- चर्चित टेनिस खेलाडी नोभाक जोकोभिचलाई अस्ट्रेलियाली सरकारले देश निकाला गर्ने भएको छ।
जोकोभिचका वकिलहरूले भिसा रद्द गर्ने अस्ट्रेलियन सरकारको कदम बेतुकको भएको भन्दै निर्णय सच्याउन अदालतमा अपिल गरेका थिए।
आइतबार भएको सुनुवाइमा अदालतले सरकारी निर्णयलाई सदर गर्दै जोकोभिचलाई देश निकाला गर्न आदेश दिएको हो।
जोकोभिकको भिसा आवेदन अस्ट्रेलियालीले कोरोनाको खोप नलगाएसम्म जनस्वास्थ्यलाई ध्यानमा राख्दै अस्वीकार गरेको थियो। यस विषयमा जोकोभिचले अदालतमा अपिल गरेका थिए।
अदालतको यो निर्णयले उनको अस्ट्रेलियन ओपन टेनिस खेल्ने र कीर्तिमानी २१औं ग्रान्ड स्लाम उपाधि जित्ने सपना चकनाचुर भएको छ।
यसबारे बोल्दै जोकोभिचले भने,‘यस निर्णयबाट दुखिद् छु तर अदालतको निर्णयलाई सम्मान गर्दछु। म अस्ट्रेलिया छाड्न तयार छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।