प्रतीकात्मक तस्बिर
काठमाडौं– काठमाडौंको कलंकीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार रुकुमपूर्व घर भई काठमाडौं मनमैजु बस्ने २१ वर्षीय संगीत बुढामगर रहेका छन्। मोटरसाइकल चालक २३ वर्षीय विवित बुढामगर घाइते भएका छन्।
बसको ठक्करबाट गम्भीर घाइते भएका संगीतको उपचारको क्रममा कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
स्वयम्भूतर्फ जाँदै गरेको बा ६ ख १४५९ नम्बरको बसले बागमती प्रदेश ०२–०२८ प ७६१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा घाइते भएका विवितको कलंकीस्थित मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।