काठमाडौं- त्रिभुवन आर्मी क्लबले दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ उपाधि जितेको छ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको फाइनलमा हेल्प नेपाल स्पोर्ट्स क्लबलाई ३-१ को सेटमा पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो।
फाइनलमा आर्मीले हेल्प नेपाललाई २५-१८,२४-२६, २५–१८ र २५-१९ ले हराउँदै उपाधि जितेको हो। च्याम्पियन आर्मीले ३ लाख, उपविजेता हेल्प नेपालले १ लाख ५० हजार प्राप्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।