काठमाडौं- स्टार टेनिस खेलाडी नोभाक जोकोभिचलाई नियन्त्रणमा लिइएको छ। सुपुर्दगी गर्ने सम्बन्धमा अदालतमा सुनुवाइ हुनुअघि नै अस्ट्रेलियाली प्रहरीले उनलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको हो।
अदालतले यो सुनुवाइ जोकोभिच कोरोनाविरुद्धको खोप नलिइकन देशमा बस्न मिल्छ कि मिल्दैन भन्नेबारे गर्ने छ। सर्बियाका नागरिक जोकोभिचको भिसा दोस्रो पटक रद्द भएको छ।
अस्ट्रेलियन सरकारले यी खेलाडीले गर्दा आमजनताको स्वास्थ्यमा खतरा भएको भन्दै सुपुर्दगी गर्ने धम्की दिरहेको छ।
जोकोभिचका वकिलहरूले भिसा रद्द गर्ने अस्ट्रेलियन सरकारको निर्णयलाई बेतुका भन्दै निर्णय सच्याउन अपिल गर्ने तयारी गरिरहेका छन्। यस विषयमा आइतबार अस्ट्रेलियामा सुनुवाइ हुँदैछ।
जोकोभिचको मेलबर्नमा हुने अस्ट्रेलियन ओपनको खेल तालिका अझै रद्द भएको छैन। यदि उनले यो प्रतियोगिता जिते भने उनी २१औं उपाधि जितेर इतिहासकै सबैभन्दा सफल टेनिस खेलाडी बन्नेछन्। यस सन्दर्भमा, आइतवारको सुनुवाइ महत्त्वपूर्ण छ।
उक्त सुनुवाइले जोकोभिचले प्रतियोगिताका खेल खेल्न पाउने वा नपाउने फेसला गर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।