काठमाडौं– नेपाल पत्रकार महासंघमा विवाद देखिएको छ। मिडिया अवार्डको विषयमा छानबिन गर्नुपर्ने मागसहित केही केन्द्रीय सदस्यहरूले कपिलवस्तुमा जारी बैठक बहिष्कार गरेका छन्।
यद्यपि, उनीहरू अहिले बैठकमा फर्किएका छन्। बैठक बहिस्कार गर्नेमा प्रेस सेन्टर र समाजवादी प्रेस संगठनबाट निर्वाचित केन्द्रीय सदस्यहरु छन्।
मिडिया अवार्डका नाममा अध्यक्षले ठगी धन्दा चलाएको, महासचिवको हस्ताक्षर दुरुपयोग गरिएको, अध्यक्ष एकलौटी रुपमा अघि बढ्न खोजेको लगायतका विषयमा उनीहरूले बैठक बहिष्कार गरेका थिए।
बैठक बहिष्कार गर्नेमा महासंघका सचिव गोविन्द चौंलागाइँ, केन्द्रीय सदस्यहरू बबिन शर्मा, रामकृष्ण अधिकारी, शान्तराम बिडारी, सुवास साह, दीपेन्द्र शर्मा लगायत थिए।
अध्यक्ष विपुल पोखरेलले आफूहरूका मागका विषयमा बोल्ने भनेपछि बैठकमा सहभागी भएको केन्द्रीय सदस्य दीपेन्द्र शर्माले बताए। उनीहरुले तालिम र विभिन्न कार्यक्रममा भइरहेको मनपरीमाथि समेत छानबिनको पनि माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।