काठमाडौं- बेलायती सुरक्षा एजेन्सी एमआई ५ ले चिनियाँ एजेन्टले बेलायती राजनीतिमा प्रभाव पार्न खोजेको भन्दै चेतावनी जारी गरेको छ।
बेलायती राजनीतिमा हस्तक्षेप गर्नका लागि चिनियाँ एजेन्टले संसदमा प्रवेश गरेको उसको दाबी छ।
एमआई ५ ले क्रिस्टिन चिंग कुई लीले चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) का लागि वर्तमान र भावी सांसदसँग 'सम्पर्क बढाएको' दाबी गरेको छ।
सम्पर्क बढाउनुका साथै उनले राजनेतालाई सहयोग दिएकी छन् जसका लागि चीन र हङकङबाट पैसा आउने गरेको एमआई ५ को दाबी रहेको बीबीसीले उल्लेख गरेको छ।
स्रोतका अनुसार एमआई ५ को लामो र महत्त्वपूर्ण जाँचपछि यस्तो बिबरण सार्वजनिक भएको हो।
क्रिस्टिन चिंग कुई लीले लेबर पार्टीका बेरी गार्डनरलाई रकम उपलब्ध गराएकी थिइन्। उनले पाँच वर्षमा चार लाख २० हजार पाउण्ड दिएकी थिइन्। तर आफूले यसबारे सुरक्षा एजेन्सीलाई सधै जानकारी दिने गरेको उल्लेख गरेकी छन्।
लिबरल डेमोक्रेटका नेता सर एड डेवीलाई पाँच हजार पाउण्ड सहयोग गरिएको छ।
तर यो पैसा उनको स्थानीय संघले स्वीकार गरेको थियो र यसका लागि उनी चिन्तित थिए।
गृह मन्त्री प्रीति पटेलले भनिन्, ‘चीनको कम्युनिस्ट पार्टीका लागि’ यस खालको ‘राजनीतिक हस्तक्षेप गर्नु र सांसदलाई निशाना बनाउनु निकै चिन्ताजनक हो।’
क्रिस्टिन चिंग कुई ली क्रिस्टिन ली एन्ड कन्पनी चलाउँछिन्। लीको लण्डन र बर्मिंघममा कार्यालय रहेको छ। उनी लण्डनमा चिनियाँ दूतावासलाई कानूनी सहयोग गर्दै आएकी छन्। उनी चिनियाँ दूतावसको चिफ लिगल एडभाइजर समेत रहेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।