काठमाडौं– नेपाल राष्ट्र बैंकले दुई रुपैयाँको सिक्का पुनः ल्याउने भएको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै दुई रुपैयाँको सिक्का प्रचलनमा ल्याएको जनाएको छ।
पुरानै आकार तथा सुनौलो रंगमा ल्याइएको दुई रुपैयाँको सिक्कामा नेपालको प्रदेशसहितको नक्सा समावेश छ। नयाँ सिक्का पुस ३० गतेदेखि प्रचलनमा ल्याएको राष्ट्र बैंकले जनाएको हो
सिक्काको वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्लाहरू रहने, सिक्काको माथिल्लो भागमा अंग्रेजीमा र तल्लो भागमा देवनागरी लिपिमा २ रुपैयाँ लेखिएको हुने राष्ट्र बैंकले जनाएको छ। सिक्काको बीच भागमा सात प्रदेशसहितको नेपालको नक्सा रहने छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।