काठमाडौं– भारतसँग जीटुजी (सरकार–सरकार)का माध्यमबाट रासायनिक मल खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। सोसम्बन्धी सहमतिपत्रमा आगामी हप्ता दुई देशबीच हस्ताक्षर हुने तयारी भइरहेको जनाइएको छ।
सबै तयारी पूरा भइसकेको र भारतीय पक्षबाट सम्झौताको प्रति आउनेबित्तिकै घोषणा गरिने मन्त्रालयको भनाइ छ।
नेपालले भारतसँग पाँच वर्षसम्म मल खरिद गर्ने भनि सम्झौता गर्न लागेको हो। सुरुको वर्षमा एक लाख ५० हजार मेट्रिक टन मल खरिद गरिन्छ । त्यसपछि प्रत्येक वर्ष १० प्रतिशत वृद्धि गर्दै जाने सम्झौता हुन लागेको कृषि मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।