• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १, २०८२ Thu, Jan 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

राष्ट्र बैंकको तथ्यांक : शोधनान्तर घाटा उच्च, मूल्य वृद्धिदर लक्ष्यभन्दा बढी

64x64
नेपाल लाइभ शुक्रबार, पुस ३०, २०७८  ०६:५०
1140x725

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा शोधनान्तर घाटा एक खर्ब ९५ अर्ब एक करोड पुगेको छ। अघिल्लो आर्थिक वर्षको समीक्षा अवधिमा १ खर्ब ६ अर्ब ४८ करोड बचतमा रहेको मुलुकको शोधनान्तर स्थिति चालु आवमा घाटामा रहेको छ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कानुसार मुलुकको चालु खाता पहिलो पाँच महिनामा तीन खर्ब ६९ करोडले घाटामा रहेको देखिन्छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु २३ अर्बले घाटामा थियो।

सार्वजनिक तथ्याङ्कानुसार सो अवधिमा विदेशी विनिमय सञ्चिति पनि घटेको छ। चालु आवको सुरुआतमा १३ खर्ब ९९ अर्ब तीन करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति पाँच महिनाको अवधिमा १३ दशमलव दुई प्रतिशतले घटेर १२ खर्ब १४ अर्ब तीन करोड रुपैयाँमा सीमित भएको छ।

व्यापार घाटा सात खर्ब ३५ अर्ब
राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणानुसार मुलुकको पहिलो पाँच महिनामा कुल वस्तु व्यापार घाटा ५४ दशमलव सात प्रतिशतले बढेर ७ खर्ब ३५ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ। मंसिर मसान्तसम्म १ खर्ब २ अर्ब ९२ करोड रुपैयाँको विभिन्न सामग्री निर्यात हुँदा ८ खर्ब ३८ अर्ब ४१ करोड रुपैयाँको आयात भएको छ।  

नेपालबाट निर्यात हुने प्रमुख वस्तुमा पाम तेल, सोयाबिन तेल, पिना, धागो तथा जुटका सामानलगायत रहेका छन्। आयाततर्फ पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा पाम तेल, मोबाइललगायत छन्।

Ncell 2
Ncell 2

मूल्य वृद्धिदर लक्ष्यभन्दा बढी
सार्वजनिक विवरणानुसार चालु आवको मंसिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धिदर (मुद्रास्फीति) सात दशमलव ११ प्रतिशत रहेको छ। चालु आवमा मूल्य वृद्धिदर छ दशमलव पाँच प्रतिशतभित्रै राख्ने लक्ष्य राष्ट्र बैंकले राखे पनि समीक्षा अवधिमा वार्षिक लक्ष्यभन्दा शून्य दशमलव ६१ प्रतिशत विन्दुले मुद्रास्फीति बढेको देखिन्छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति दुई दशमलव ९३ प्रतिशत रहेको थियो। 

समीक्षा अवधिमा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति पाँच दशमलव ६७ र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति आठ दशमलव २५ प्रतिशत रहेको छ।

घट्यो रेमिट्यान्स  आप्रवाह
कोरोना महामारीलगायत श्रम गन्तव्यमा देखिएका अनेक अवरोधका कारण विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा गिरावट आएको छ। नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँच महिनाको विवरणमा विप्रेषण आप्रवाह ६.८ प्रतिशतले घटेको छ।

सो अवधिमा ३ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ बराबरको विप्रेषण आप्रवाह भएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११ प्रतिशतले बढेको थियो। 

सो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या भने अघिल्लो आवको तुलनामा उल्लेख्यरूपमा वृद्धि भई एक लाख ३१ हजार ८२ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ९२.७ प्रतिशतले घटेको थियो।

त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २९५.८ प्रतिशतले वृद्धि भई ९९ हजार ५८० पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ७७.३ प्रतिशतले घटेको थियो। 
 

प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८  ०६:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकाले रोक्यो आप्रवासी भिसा
मार्बल बोकेको ट्रक पल्टिदा पाँच कामदारको मृत्यु, दुई घाइते
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास
सम्बन्धित सामग्री
सुनचाँदीको मूल्यमा आज पनि उल्लेख्य वृद्धि बुधबार सुनको भाउ प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख... बुधबार, पुस ३०, २०८२
पाँच अंकले बढ्यो नेप्से मंगलबार कारोबारमा आएकामध्ये ११८ कम्पनीको सेयर मूल्य बढ्यो भने १३४ कम्पनीको मूल्य घट्यो। ८ कम्पनीको सेयर मूल्य स्थिर रह्यो। सेयर मूल्... मंगलबार, पुस २९, २०८२
हालसम्मकै उच्च विन्दुमा पुग्यो सुनको भाउ अन्तर्राष्ट्रिय बजारमै सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएपछि नेपाली बजारमा प्रभाव देखिएको हो । मंगलबार, पुस २९, २०८२
ताजा समाचारसबै
नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकाले रोक्यो आप्रवासी भिसा बिहीबार, माघ १, २०८२
मार्बल बोकेको ट्रक पल्टिदा पाँच कामदारको मृत्यु, दुई घाइते बिहीबार, माघ १, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास बिहीबार, माघ १, २०८२
यस्तो रहनेछ देशभरको मौसम बिहीबार, माघ १, २०८२
गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा बिहीबार, माघ १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
पार्टीबाट निष्कासनमा परेपछि विश्वप्रकाश–  ‘गगन र म दुवै दृढ छौँ, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’ बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोग पुग्यो देउवा पक्षको पत्र, महामन्त्रीद्वयलाई कारबाही गरेको जानकारी बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्