काठमाडौं- नेदरल्याण्डको सरकारले कोरोना रोकथामका लागि लागू गरेको प्रतिबन्धहरु केही खुकुलो गर्ने भएको छ।
डच सरकारले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमित बढिरहेपनि शुक्रबारदेखि जारी प्रतिबन्ध केही खुकुलो गर्न लागेको हो।
शुक्रबारदेखि खाद्य स्टोर, शैलुन र जिमलाई सीमित संख्यामा ग्राहकहरूलाई सेवा दिन अनुमति दिएको छ।
यस्तै, बन्द रहेका कलेज र विश्वविद्यालयहरूमा पनि शुक्रबारदेखि खुल्ला हुने भएको छ। यद्यपि, बार, रेस्टुरेन्ट, थिएटर, संग्रहालय र अन्य सार्वजनिक स्थानहरू बन्द रहनेछन्।
सरकारले जारी प्रतिबन्ध संशोधनबारे शुक्रबार औपचारिक निर्णय गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।