काठमाडौं– नेपाल बिद्युत् प्राधिकरण काठमाडौं ग्रिड महाशाखा सब-स्टेशन पाटनका प्रमुख १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।
ललितपुर सब–स्टेशनको प्रमुखका रुपमा कार्यरत (सुपरभाइजर, पाँचौ तह)का सोम प्रसाद पहाडीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो।
नेपाल बिद्युत् प्राधिकरणले गाडेको बिजुलीको पोल सार्नका लागि सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ घुस मागेको भन्ने सूचनाको आधारमा अख्तियारको टंगाल (काठमाडौं)स्थित कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
पहाडीलाई घुस रकम लिइसकेको अवस्थामा घुस रकमसहित कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको अख्तियारका केन्द्रीय प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए।
पवक्ता रिसालका अनुसार पक्राउ परेका पहाडीमाथि थप अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।