• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

उत्तर प्रदेशमा सांसद र नेताहरूले किन छोडिरहेका छन् भाजपा?

64x64
नेपाल लाइभ बिहीबार, पुस २९, २०७८  १५:२१
1140x725
स्वामी प्रसाद मौर्यले मन्त्रीबाट राजीनामा दिनासाथ अखिलेशले उनीसँगको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। तर मौर्य अहिलेसम्म समाजवादी पार्टीमा गएका छैनन्।

काठमाडौं- पछिल्लो २४ घण्टामा भारत, उत्तर प्रदेशको योगी आदित्यनाथ सरकारका दुई शीर्ष मन्त्रीले राजीनामा दिए। पहिला स्वामी प्रसाद मौर्य र त्यसपछि दारा सिंह चौहानले। दुवै नेताले आफ्नो राजीनामामा सरकारले किसान, पिछडिएका, शोषित र पीडितको उपेक्षा गरेको आरोप लगाएका छन्। दुवै भारतीय जनता पार्टी (भाजपा) उत्तर प्रदेशका महत्वपूर्ण नेता थिए।

बिहीबार उत्तर प्रदेशमा भाजपाका अर्का विधायकले पनि राजीनामा दिए। शिकोहाबादबाट भाजपाका विधायक रहेका मुकेश वर्माले पार्टी छोडेका हुन्। यसले भारतीय राजनीति तातेको छ।

राजीनामा दिएपछि मुकेश वर्माले स्वामी प्रसाद मौर्य आफ्नो नेता रहेको र उनी जहाँ जान्छन् आफू साथमा रहने बताए। उनीहरुका साथै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र राजनीतिक दलमा भाजपा छाडेर जाने या जाने तयारीमा रहेका कतिपय नेताहरुको नाम चर्चामा छन्। 

शाहजहाँपुरको तिलहरबाट विधायक रोशनलाल वर्मा, बिल्होरबाट विधायक भगवती प्रसाद र तिंदवारीबाट विधायक ब्रजेश प्रजापतिले राजीनामा दिएको रिपोर्ट पनि आएको छ। यी नेताहरुले पनि दलित, पिछडिएको वर्ग, शोषित पीडितलाई योगी सरकारले उपेक्षा गरेको आरोप लगाएको जनाइएको छ। 

विपक्षी दल समाजवादी पार्टीनिकट स्रोतले आगामी केही दिनभित्रमा भाजपाका कयौं विधायक र मन्त्री समाजवादी पार्टी (सपा)मा प्रवेश गर्ने दाबी गरेको बीबीसी हिन्दीले उल्लेख गरेको छ। समाजवादी पार्टीका प्रवक्ता अब्दुल हफिज गान्धी भन्छन्, 'समाजवादी पार्टी यस्ता कयौं नेताहरुसँगको सम्पर्कमा छ जो भाजपा छोड्न चाहिरहेका छन्। यी सबैलाई हामीले स्वागत गरिरहेका छौं। आगामी दिनमा कयौं नाम भाजपा छोडेर समाजवादीमा जोडिने छन्।'

भाजपाबाट राजीनामा दिएका स्वामी प्रसाद मौर्य चर्चित नेता हुन्। सन् २०१७ को चुनावअघि बहुजन समाज पार्टी (बसपा) छोडेर उनी भाजपा आएका थिए र मन्त्री बनेका थिए। उनलाई गैर यादव, ओबीसी भोटमा पकड भएको नेता मानिएको छ। 

भाजपा मौर्यलाई मनाउने प्रयासमा देखिएको छ। तर, जब उनले बसपा छाडेका थिए, मायावतीले मौर्यले छोडेर पार्टीमाथि उपकार गरेको बताएकी थिइन्।

मौर्य जब भाजपामा आएका थिए, त्यतिबेला धेरै नेतालाई साथ ल्याएका थिए। र अब उनी जाने बेलामा कयौं नेता साथ लिएर जाने देखिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

विश्लेषकहरुका अनुसार मौर्य र अन्य नेताहरुले भाजपा छाड्नुको स्पष्ट संकेत पार्टीमा पिछडावर्गका नेताहरुले आफूहरुको जातिलाई वेवास्ता गरिएको महसुस गर्नु नै हो। 

भाजपामा किन मच्चियो भागदौड?

वरिष्ठ पत्रकार शरत प्रधान नेताहरुको राजीनामाले भाजपा उच्च जातको पार्टी बनेको देखिएको बताउँछन्। 'मौर्य र अन्य नेताहरुको राजीनामाले स्पष्ट भइरहेको छ, उनीहरुलाई भाजपा एक अपर कास्ट पार्टी बनेको लागिरहेको छ,' उनी भन्छन्, 'खासगरि योगी आदित्यनाथले जसरी पाँच वर्षको शासनमा ठाकुर वर्गलाई प्राथमिकता दिए, त्यसले पिछडिएको वर्ग रिसाएको छ। अब जुन अवस्था बनिरहेको छ र नेताहरुले साथ छाडिरहेका छन्, खास गरेर ओबीसी नेताहरुमा एक खालको भागदौड मच्चिइरहेको छ। उनीहरु भाजपा र योगी आदित्यनाथलाई छाडेर भागिरहेका छन्। यसले भाजपाको कम्यूनल कार्ड फेल भइरहेको छ।'

तर, भाजपा नेताहरु भने आफ्नो पार्टीबाट भागदौड भइरहेको विषय स्वीकार गर्दैनन्। पार्टी प्रवक्ता राकेश त्रिपाठी भन्छन्, 'भाजपामा कुनै भागदौड छैन। बुधबार नै दुई सांसद भाजपामा आएका छन्। कांग्रेसबाट नरेश सैनी र समाजवादी पार्टीबाट मुलायम सिंह यादवका सम्धी हरिओम यादव पनि पार्टीमा आएका छन्। यादव सिरसागंज फिरोजाबादबाट विधायक हुन्। समाजवादी पार्टीको गढबाट विधायकहरु भाजपामा आइरहेका छन्। त्यसैले यो भागदौडको हल्ला गलत हो।'

Xtrem

Xtrem

पार्टीमा भागदौडको प्रश्नमा भाजपा नेताहरुले पार्टी छाड्ने भन्दा भित्रिनेहरुको संख्या धेरै रहेको दाबी गरे।

ओबीसी नेताहरु किन रिसाए? 

भारतमा जातिगत आधारमा जनगणना भएको छैन। तर, उत्तर प्रदेशमा अन्य पिछडा वर्गको ठूलो जनसंख्या छ। सन् २०१४ को आम चुनाव र २०१७ को उत्तर प्रदेश चुनावमा भाजपाको जितमा पिछडा वर्गको समर्थन महत्वपूर्ण कारण मानिएको थियो। यस्तोमा स्वामी प्रसाद मौर्यको बहिर्गमन भाजपाको ओबीसी वर्गमा नोक्सान हुन सक्छ। 

शरत प्रधान भन्छन्, 'भाजपासँग एक अनुहार छ नरेन्द्र मोदी। प्रधानमन्त्री मोदीले २०१४ मा ओबीसीको मत भाजपातर्फ खिचेका थिए। निकै ठूलो संख्यामा ओबीसीका नेता र मतदाता भाजपासँग जोडिएका थिए। तर, अब योगी सरकारको रवैयाका कारण ओबीसी रिसाएको छ। यूपी चुनावमा अब यति धेरै समय रहेको छैन कि भाजपा रिसाएकाहरुलाई फकाउन सकोस्।'

भाजपा प्रवक्ता राकेश त्रिपाठी पिछडावर्गको पक्षमा पार्टी रहेको र प्रदेशका डेपुटी सीएम केशव प्रसाद मौर्य निर्विवाद रूपमा यूपीमा पिछडावर्गको सबैभन्दा ठूला नेता भएको बताउँछन्। भाजपाका नेताहरु पार्टीमा कुनै खास वर्गमा कुनै रोष नभएको बताउँछन्। प्रवक्ता त्रिपाठीका अनुसार पार्टीबाट त्यस्ता मानिस गइरहेका छन् जसले पार्टीमा कुनै भविष्य देख्दैनन्। 

पछिल्ला केही वर्ष, खास गरेर २०१४ पछिको रेकर्ड हेर्ने हो भने भाजपामा आउने नेताहरुको संख्या पार्टी छाडेर जाने नेताहरुको तुलनामा निकै धेरै छ। यद्यपि, भाजपाको राजनीतिक जनाधार पनि बढिरहेको छ। पार्टी राज्य र केन्द्रमा सत्तामा छ र यदी सदस्यको आधारमा हेर्ने हो भने भाजपा विश्वकै सबैभन्दा ठूलो पार्टीमध्येको एक हो। भारतीय जनता पार्टी आफ्नो राजनीतिक इतिहासमा यस समय सबैभन्दा बलियो स्थितिमा छ। उत्तर प्रदेश चुनावलाई लिएर भइरहेको विश्लेषणका अनुसार भाजपा बलियो स्थितिमा छ। 

पार्टी संगठनका हिसाबमा सबैभन्दा बलियो रहेको अवस्थामा प्रभावशाली नेताहरुले भाजपा किन छाडिरहेका छन् र यसले पार्टी कमजोर बन्ने त होइन भन्ने प्रश्न कार्यकर्तामा छ। तर, भाजपा नेताहरु भने यसलाई स्वीकार गरिरहेका छैनन्। 

विश्लेषकहरु भने पार्टी छाड्नेहरुले भाजपाका कारण नभइ मुख्यमन्त्री योगीका कारण छाडेको बताउँछन्। पछिल्लो पाँच वर्षमा भाजपाको पार्टीभन्दा पनि योगी सरकारको रुपमा उनले आफूलाई सर्वोपरि बनाएका छन्। योगीले पार्टीलाई भन्दा आफूलाई प्रधानता दिएको आरोप लागिरहेको छ। योगीको यस्तै सोच र व्यवहारका कारण युपीमा भाजपालाई धक्का पुग्न सक्ने कतिपयको आकलन छ। 

(बीबीसी हिन्दी र भारतीय सञ्चारमाध्यमहरुमा प्रकाशित लेखहरुमा आधारित)

प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  १५:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस
सम्बन्धित सामग्री
गाजामा इजरायलको कडा चेतावनी रक्षामन्त्री इजरायल काट्जले गाजाबाट इजरायली सेनामाथि आक्रमण भए गाजाका मानिसले ‘भारी मूल्य’ चुकाउनुपर्ने चेतावनी दिएका छन् । मंगलबार, असोज २०, २०८३
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई: ‘Ghost Particle’ न्युट्रिनो खोजको सम्मान रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले हेल्जेनलाई ‘आइसक्युब न्यूट्रिनो अब्जर्भेटरी’मा महत्त्वपूर्ण योगदान पुर्‍याएको तथा अन्तरिक्षबाट पृ... मंगलबार, असोज २०, २०८३
नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु दक्षिणी नाइजेरियाको बेनिन सहरबाट लागोसतर्फ गइरहेको दुई इन्जिनयुक्त टर्बोप्रप विमान सोमबार ओन्डो राज्यको इग्बोकाडा क्षेत्रमा दुर्घटना... मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्