काठमाडौं- अमेरिकी नागरिक डेविड बेनेट विश्वका पहिलो व्यक्ति बनेका छन् जसलाई अनुवांशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गरिएको छ।
चिकित्सकहरुका अनुसार ५७ वर्षीय बेनेट यति धेरै बिरामी थिएकी उनमा मानिसको मुट प्रत्यारोपण गर्न सकिने अवस्था थिएन। ७ घण्टाको प्रयोगात्मक उपचारको तीन दिनपछि उनको स्वास्थ्यमा सुधार आएको छ।
यो सर्जरीलाई धेरैले स्वागत गरेका छन्। चिकित्सकीय प्रयोगपछि अब मुटु प्रत्यारोपणमा जो समय लाग्ने गरेको थियो अब त्यसलाई कम गर्न सकिन्छ, भने विश्वभरका विरामीको जिन्दगीमा परिवर्तन गर्न सकियोस्।
तर केही मानिसले यसको पूरै प्रकृयामाथि नैतिक प्रश्न उठाइरहेका छन्। उनीहरुले बिरामीको सुरक्षा, पशु अधिकार र धार्मिक चिन्ता तर्फ इशारा गरेको छ।
यो एक एक्सपेरिमेन्टल सर्जरी हो जसले बिरामीलाई जोखिम उठाउन पर्न सक्छ। यहाँसम्म मिल्ने ह्युमन डोनर अर्गानलाई पनि ट्रान्सप्लान्टपछि शरीरले नकार्न सक्छ। यस्तोमा जनावरको विषयमा खतरा बढी हुन सक्छ।

विश्वका कतिपय देशका चिकित्सकहरुले जनावरको अंग मानिसमा प्रत्यारोपण गर्न प्रयास गरिरहेका थिए।
१९८४ मा क्यालिफोर्नियामा एक बालिकालाई लंगुर बाँदरको मुटु ट्रान्सप्लान्ट गरेर बचाउने प्रयास गरिएको थियो तर २१ दिन पछि बालिकाको मृत्यु भएको थियो।
यस खालको उपचारमा जोखिम बढीनै हुन्छ। तर केही मेडिकल नैतिकवादीले बिरामीलाई जोखिमको बारेमा थाहा भएको खण्डमा अगाडि बढ्न सकिन्छ।
पशु अधिकारकर्मीको विरोध
मानवमा सुँगुरको मुटुको प्रयोगको कतिपय पशु अधिकार समूहले बिरोध गरिरहेका छन्। अब डेविडको उपचारपछि यसमा नयाँ बहस उत्पन्न भएको छ। यसैबीच एक संगठन पिपुल फर द एथिकल ट्रिटमेन्ट अफ ऐनिमल्सले बेनेटको उपचारका लागि सुँगुरको मुटुको प्रयोगलाई 'अनैतिक, खतरनाक र संशाधनको बर्बादी' भन्दै निन्दा गरेको छ।
अधिकारवादीहरुले जनवारलाई मानिसजस्तो बनाउनका लागि उनीहरुको जीनमा परिवर्त गर्नु गलत भएको बताउँछन्। जुन सुँगुरको मुटु बेनेटलाई ट्रान्सप्लान्ट गर्नु थियो, वैज्ञानिकहरुले उक्त सुँगुरको १० जीन परिवर्तन गरेका थिए। जसले गर्दा बेनेटको शरीरले त्यसलाई इन्कार नगरोस्।
बेलायका पशु अधिकार समूह एनिमल एडका प्रवक्ताले 'कुनै पनि स्थितिमा' जानवरको जीनमा बदलाव या जेनोट्रांसप्लान्टेशनको बिरोध गरिरहेका छन्।
धार्मिक विरोध
पशुको अंगको प्रत्यारोपणमा एक अर्को समस्या उत्पन्न भएको छ। जसले यो ट्रान्सप्लान्टको प्रक्रियालाई आस्थाको नजरबाट हेर्छन् र उनीहरुको आस्थाको हिसाबमा जनावरको अंग ट्रान्सप्लान्ट गर्नु सही होइन।
सुँगुरको मुटु यसकारण छानिकएको थियो कि सम्बन्धित अंग, मानिसको अंगको आकारको हुन्छ साथै सुँगुरलाई राख्न र नश्ल बढाउन अपेक्षाकृत रुपमा सहज हुन्छ।
तर, सुँगुरको विकल्पले यहुदी र मुस्लिमलाई कस्तो प्रभाव पार्छ भन्ने महत्वपूर्ण रहेको छ। किनकी यहुदी र मुस्लिमले सुँगरलाई आस्थाको रुपमा लिने गर्छन्।
यहुदी नियममा, कानुनमा सुँगुरको पाल्न या खान प्रतिबन्ध लगाइएको छ। त्यस्तै इस्लाममा पनि छ। तर चिकित्सकहरुले भने मानिसलाई बचाउने विषयलाई धर्मले नरोक्ने बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।