काठमाडौं– बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ५.१७ अंक बढेको छ।
बुधबार २८०३.६२ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा ५.१७ अंक बढेर २८०८.८० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.३५ अंक बढेको छ।
बिहीबार प्रि ओपन सेसनमा १४ कम्पनीको ४८ लाख ७७ हजार २८३ रुपैयाँ बराबरको १० हजार ७६६ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये ८ कम्पनीको सेयरमूल्य बढेको छ भने ३ कम्पनीको घटेको छ। बाँकी ३ कम्पनीको सेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।