काठमाडौं– भारतमा पछिल्लो २४ घण्टामा २ लाख ४७ हजार ४१७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। ओमोक्रन भेरियन्ट फैलिएसँगै भारतमा दैनिक संक्रमितको संख्य बढ्दै गएको हो।
यसअघि बुधवार १ लाख ९४ हजार ७२० जनामा संक्रमण देखिएकोमा आज एकैदिन २७ प्रतिशतले संक्रमितको संख्यामा वृद्धि भएको परिवार कल्याण मनत्रालयले जनाएको छ।
यस्तै, थप ६२० जनामा ओमोक्रन भेरियन्ट देखिएको पनि मनत्रालयको भनाइ छ। हालसम्म भारतमा ५ हजार ४८ जनामा ओमोक्रन भेरियन्ट पुष्टि भइसकेको छ।
संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप ३८० जनाको मृत्यु भएको छ। यससँगै कुल मृतकको संख्या ४ लाख ८५ हजार ३५ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।