काठमाडौं– वाणिज्य बैंकहरुले माघ महिनाको लागि पनि निक्षेपमा ब्याजदर नबढाउने भएका छन्।
बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले माघका लागि निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको हो।
ब्याजदर बढाए पनि निक्षेप नबढेकाले पुस महिनामा पनि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी सबैले ब्याजदर नबढाउने निर्णय गरेका थिए।
तथापि, बैंकहरुको आधार दर (बेस रेट) बढेका कारण कर्जाको ब्याजदर भने केही बढ्ने संघको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।