काठमाडौं- ताइवानले ५ चिनियाँ सैन्य विमान आफ्नो सीमामा प्रवेश गरेको दाबी गरेको छ।
समाचार एजेन्सी एएनआईका अनुसार यी ५ सैन्य विमानमध्ये ४ पिपुल्स लिबरेशन आर्मी एयर फोर्सको शेनयाङ जे-१६ लडाकू विमान थिए। अर्को एक शान्क्सी वाई-८ एन्टि-सबमरिन लडाकु विमान थियो।
रिपोर्टका अनुसार यी ५ विमानहरू ताइवानको एयर डिफेन्स आइडेन्टिफिकेशन जोन (एडीआईजेड) को दक्षिणपश्चिमी भागमा प्रवेश गरेका थिए। त्यसपछि, ताइवानको सेनाले आफ्नो विमान पठाउनुका साथै रेडियो सन्देशहरू जारी गरेर प्रतिक्रिया दिएका थियो।
यससँगै ती विमानहरू पत्ता लगाउन एयर डिफेन्स मिसाइल प्रणाली तैनाथ गरिएको थियो। ताइवानले यो महिना अहिलेसम्म ३५ चिनियाँ विमान ९ पटक ताइवानको सीमामा प्रवेश गरेको जनाएको छ। तीमध्ये २३ लडाकु थिए भने १२ अन्य विमान थिए।
२४ करोड जनसंख्या भएको ताइवानलाई चीनले आफ्नो अभिन्न अंग भएको दाबी गर्दै आएको छ। अर्कोतर्फ अमेरिकालगायत धेरै पश्चिमी देशहरूले ताइवानमाथि कब्जा गर्ने चीनको मनसायबारे बारम्बार चेतावनी दिइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।