काठमाडौं- भारतको पञ्जाब राज्यका पूर्वमुख्यमन्त्री क्याप्टेन अमरिंदर सिंहलाई कोरोना संक्रमण भएको छ। उनले ट्वीट गर्दै यो जानकारी दिएका हुन्।
आफ्नो ट्वीटमा उनले लेखेका छन्,‘मेरो कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको छ। जो कोही मेरो सम्पर्कमा आउनुभएको छ, परीक्षण गराउनुहोस्।
सिंहले गत वर्ष मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। पछि उनले कांग्रेस पार्टी पनि त्याग गरेका थिए। अब उनले नयाँ पार्टी बनाएर भारतीय जनता पार्टी ९भाजपा०सँग चुनावी तालमेल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।