काठमाडौं- बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो सरकारी निवास ‘टेन डाउनिङ स्ट्रिट’मा मदिरा पार्टी गरेकोप्रति जनतासँग माफी मागेका छन्।
यो पार्टी मे २०२० मा कोरोना महामारीको समयमा भएको थियो। त्यो अवधिमा महामारीसँग सम्बन्धित प्रतिबन्धहरू जारी थिए।
पछिल्लो दुई दिनदेखि बेलायतमा यो मुद्दा चर्किएको थियो। तर, प्रधानमन्त्री कार्यालयले भने यस सम्बन्धमा सोधिएको प्रश्नमा छानबिन भइरहेको भन्दै पन्छिदै आएको थियो।
‘प्रधानमन्त्रीलाई प्रश्न’ कार्यक्रम सुरु हुने बित्तिकै जोनसनले आफूले माफी माग्न चाहेको बताएका थिए। उनले यो महामारीले करोडौं जनतालाई समस्यामा परेको थाहा पाएको पनि बताए।
जोनसनले महामारीसँग लड्नका लागि नियम बनाएका व्यक्तिले नै नियमको पालना नगरेको स्वीकार गरेका छन्। उनले यस सम्बन्धमा भइरहेको अनुसन्धानको निष्कर्ष के होला भन्न नसकिने तर धेरै कुरा सही नभएको भन्दै आफू जिम्मेवार रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।