काठमाडौं– बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ६ अंक बढेको छ।
मंगलबार ४९.१८ अंक बढेर २८३४.१४ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा ५.७४ अंक बढेर २८३९.८७ विन्दुमा पुगेको छ। आज उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ०.७९ अंक बढेको छ।
प्रि ओपन सेसनमा २५ कम्पनीको ५२ लाख ४ हजार ७१० रुपैयाँ बराबरको ८ हजार १२३ कित्ता सेयर खरिदबिक्री भएको छ।
कारोबारमा आएकामध्ये १८ कम्पनीको सेयरमूल्य बढेको छ भने ३ कम्पनीको सेयरमूल्य घटेको छ। बाँकी चार कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।