सांकेतिक तस्बिर
मोरङ - उर्लाबारि नगरपालिका- ३ मा ट्याक्टरले ठक्कर दिँदा एक विद्यार्थीको मृत्यु भएको छ । बुधबार बिहान ट्याक्टरले ठक्कर दिँदा उर्लाबारी ७ घर भई स्थानीय नेपाल दर्शन कलेजमा अध्ययनरत २१ वर्षीय निश्चल बानियाँको मृत्यु भएको हो।
बिहान साढे पाँच बजे प्रदेश १-०१-०१२ प ७१५२ नम्बरको मोटरसाइकलबाट कलेज गइरहेका उर्लाबारी ७ का निश्चल बानियाँलाई को २ त ८२९६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा बानियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
ठक्कर दिने ट्याक्टर र त्यसका चालक मोरङको मिक्लाजुङ गाउँपालिका-६ का १९ वर्षिय मोहन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।