काठमाडौं– नारायणहिटी दरबार संग्रहाल एवम् गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ।
दाहालले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आफ्नो पदबाट राजीनामा दिएको लिखित पत्र बुझाएका थिए। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले दाहालको राजीनामा स्वीकृत गरेका हुन्।
दाहाल नारायणहिटी दरबार संग्रहालयमा 'बतास समूह'को कब्जा प्रकरणमा विवादमा मुछिएका थिए। उक्त प्रकणको छानबिनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको समितिले दाहालको भूमिकालाई सन्देहात्मक भनेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।