कायरो- इजिप्टको राजधानी कायरो नजिकै २४ यात्रुसहितको ट्रक नाइल नदीमा खस्दा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अन्य आठ जना अझै बेपत्ता छन्।
दुर्घटना सोमबार साँझ गिजा प्रान्तको मोनशात अल-कानाटर जिल्लाको एउटा गाउँमा भएको थियो। बालबालिकासहित यात्रुहरू काम गरिरहेको खेतबाट फर्कने क्रममा ट्रकमा यात्रा गरेको बुझिएको छ । दुर्घटना हुँदा ट्रक चालकले लाइसेन्स बिनाको डुंगामा गाडीलाई नदीको विपरीत किनारमा लैजान खोजेका थिए।
उद्धारकर्मीहरूले १४ यात्रुहरूलाई बचाएका छन् भने अन्य हराइरहेकाहरूको खोजी गरिरहेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘लाइसेन्स नभएको डुंगाका चालक र तीन जना कामदारलाई पक्राउ गरिएको छ र डुंगा मालिकलाई समेत पक्राउ गरी अनुसन्धान भइरहेको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।